कस्ले किन्यो गोर्खा बिकास बैंकको ठूलो कित्ता शेयर ?

Jan 06, 2015 Mero Lagani


लामो समयदेखि राष्ट्र बैंकको नियन्त्रणमा रहेको गोर्खा बिकास बैंक(GDBNL)को शेयर मंगलबार नेपाल स्टक एक्सचेन्जमा कारोबार भएको छ । प्रति शेयर २५ रुपैयाँमा १ लाख १९ हजार ६ सय ११ कित्ता शेयर किनबेच भएको हो । गोर्खा बिकास बैंकको शेयर मूल्य समायोजन भई  किताबी मूल्य कायम गरिएपछि शेयर किनबेच खोलेर पहिलो कारोबार भएको हो ।


स्रोतका अनुसार हारती ईन्भेष्टमेन्टले बेचेको सो शेयर ठूला लगानीकर्ता निर्मल प्रधानले किनेका हुन् । सो शेयरको जम्मा मूल्य २९ लाख ९० हजार रहेको छ ।

गोर्खा बिकास बैंक उपयुक्त बित्तीय संस्थासँग मर्ज वा एक्विजिशनमा लगी राष्ट्र बैंकले ब्यवस्थापन छाड्ने अन्तिम तयारी गरिरहेको बुझिएको छ । गोर्खाका प्रबद्र्दकहरु निर्मल गुरुङ, डीबी बम्जन र राकेश अडुकियावीचको भगडाले बैंक समस्याग्रस्त भएपछि राष्ट्र बैंकले नियन्त्रणमा लिएको थियो ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।