अरुण फाईनान्स पनि समस्याग्रस्त घोषणा, निस्क्रिय कर्जा ८० प्रतिशत नाघ्दा करोडौ रकम जोखिममा

Jan 27, 2015 Mero lagani

 

बैंक तथा बित्तीय संस्थाहरु संस्थागत सुशासनको कमीले धरासायी हुने क्रममा अरुण फाईनान्स ARUN पनि थपिएको् छ । नेपाल राष्ट्र बैंकले धरानको अरुण फाईनान्सलाई मंगलबार समस्याग्रस्त घोषणा गरेको हो । काठमाडौको नेपाल फाईनान्स NFS लाई पनि राष्ट्र बैंकले केही समय अघि समस्याग्रस्त घोषणा गरेको थियो । 

 

राष्ट्र बैंकले मंगलबार सार्वजनिक सूचना जारी गरी फाईनान्सको कार्यालयमा निरीक्षण गर्दा पूँजी कोष १९ प्रतिशत भन्दा बढीले ऋणात्मक रहेको, निस्क्रिय कर्जा अनुपात ८० प्रतिशत नाघेको, कर्जा केन्द्रिकरण जोखिम उच्च रहेको र चुक्ता पूँजी तोकिए अनुसार कायम नगरेको कारण समस्याग्रस्त घोषणा गरिएको जनाएको छ । चालु आर्थिक बर्षको पहिलो त्रैमासको अबस्था संतोषजनक नभएको र संस्थाले पेश गरेको स्पष्टिकरण समेत चित्तबुझ्दो नरही संस्था, निक्षेपकर्ता, सर्वसाधारण लगानीकर्ताहरुको हितको लागि संस्थालाई समस्याग्रस्त घोषणा गरी ६ महिना भित्र सुधार गर्न १२ बुदे निर्देशन दिईएको राष्ट्र बैंकले जनाएको छ ।


राष्ट्र बैंकले फाईनान्सको चुक्ता पूँजी १५ करोड रहेकोमा तोकिए बमोजिम २० करोड कायम गर्न, , थप निक्षेप संकलन नगर्न, परिपक्कव भएका निक्षेप नविकरण नगर्न, थप कर्जा प्रबाह र नबिकरण नगर्न, फिर्ता गर्नुपर्ने निक्षेप फिर्ता गर्न र नयाँ शाखा नखोल्न निर्देशन दिएको छ । त्यसैगरी निस्क्रिय कर्जा अनुपात ५ प्रतिशत कायम गर्न, लाभांश घोषणा र वितरण नगर्न पनि फाईनान्सलाई निर्देशन दिईएको छ ।

अरुण फाईनान्स(NFS)ले केही समय अघि प्रोगेशिभ फाईनान्स PROFL र ललितपुर फाईनान्स LFC सँग मर्जमा जाने सम्झौता गरे पनि बीचमै तुहिएको थियो । फाईनान्सले प्रकाशित गरेको यस आर्थिक बर्षको पहिलो त्रैमासको बित्तीय बिबरण अनुसार जगेडा कोष १४ करोड ६५ लाखले ऋणात्मक छ भने १४ करोडको हाराहारीमा सर्वसाधारणको निक्षेप छ । संस्थाको मर्ज सम्झौता हुनु अघि प्रति कित्ता शेयर ५१ रुपैयाँमा कारोबार भएको थियो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।