फाईनान्सले गत आर्थिक बर्षको खुद नाफाबाट लगानीकर्तालाई ७० प्रतिशत बोनस शेयर दिएर चुक्ता पूँजी २४ करोड बनाएको थियो । फाईनान्सको जगेडा कोषमा ११ करोड रुपैयाँ हुनु सकारात्मक पक्ष मानिए पनि संस्थाको निक्षेप र कर्जा खासै बढ्न सकेको छैन् । फाईनान्सलाई निस्क्रिय कर्जा घटाउनै मुस्किल परेको छ । गत आर्थिक बर्षको दोस्रो त्रैमासमा १३ प्रतिशत भन्दा माथि रहेको फाईनान्सको निस्क्रिय कर्जा चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ५.०६ प्रतिशतमा झारे पनि दोस्रो त्रैमासमा फेरि ६ प्रतिशत माथि उक्लिएको छ । फाईनान्सको प्रति शेयर आम्दानी ७ रुपैयाँ रहेको छ ।
उता, धरानमा मुख्य कार्यालय रहेको मितेरी बिकास बैंक(MDB)ले भने यस आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा ३ करोड ५ लाख रुपैयाँ खुद नाफा गरेर प्रति शेयर आम्दानी साढे ३७ रुपैयाँ पुर्याएको छ । यो गत आर्थिक बर्षको सोही अवधिको तुलनामा ४५ प्रतिशतले बढी हो ।
बैंकले निक्षेप र कर्जा परिचालनमा उल्लेखनीय प्रगति गर्न नसके पनि गत आर्थिक बर्षको दोस्रो त्रैमासको तुलनामा यस आर्थिक बर्षको सोही अवधिमा ब्याज आम्दानी २३ र संचालन नाफा ३९ प्रतिशतले बढाएर खुद नाफा झण्डै एक करोड रुपैयाँले थपेकोे छ । बैंकको निस्क्रिय कर्जा अनुपात पनि ०.२५ प्रतिशत मात्र रहेको छ ।