कर्णाली बिकास बैंक पनि नाफामा गयो, दोस्रो त्रैमाससम्ममा ५० लाख खुद नाफा

Feb 05, 2015 Mero Lagani

 

निस्क्रिय कर्जाले थलिएर बसेको नेपालगंजको कर्णाली बिकास बैंक पनि यस बर्षको दोस्रो त्रैमासदेखि नाफामा गएको छ ।

बैंकले गत बर्षको दोस्रो त्रैमाससम्ममा एक करोड ५२ लाख घाटा खाएको र चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्म एक करोड घाटा रहेकोमा दोस्रो त्रैमासमा ५० लाख खुद नाफा कमाउन सफल भएको हो । 

 

बैंकले गत आर्थिक बर्षको दोस्रो त्रैमासको तुलनामा ब्याज आम्दानी २८९ प्रतिशतले बढाएर ५० लाख रुपैयाँ खुद नाफा देखाएको हो । संचालन नाफा भने बैंकले ७९ लाख मात्र गरेको छ । बैंकले निस्क्रिय कर्जालाई ८.३५ बाट ५.४२ प्रतिशतमा झारेको छ । तर बैंकको निक्षेप र कर्जा विस्तार उत्साहजनक छैन ।

आठ करोड मात्र चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ५ करोड छ । बैंकको प्रति शेयर आम्दानी ६.३३ रुपैयाँ छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।