एभरेष्ट ईन्स्योरेन्सको आज निर्णायक दिन

Feb 24, 2015 Merolagani

एभरेष्ट ईस्योरेन्स (EIC)ले दोस्रो पटक आब्हान गरेको बिशेष साधारणसभा आज बस्दैछ । कमलपोखरीस्थित अग्रबाल भवनमा बस्ने बिशेष साधारणसभामा कम्पनीको पूँजी बृद्दि गर्न १ः१.५ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव निर्णयार्थ पेश हुनेछ । कम्पनीका २५ प्रतिशत शेयरधनी साधारणसभामा उपस्थित भएमा प्रस्ताव पारित हुनेछ । 

गत मंसिर २३ मा आब्हान गरिएको बिशेष साधारणसभामा गणपुरक संख्या नपुग्नुका साथै संचालकहरुबीचको बिबादका कारण रद्द भएको थियो । कम्पनीले हाल कायम एक शेयर बराबर साढे एक शेयरको आधारमा हकप्रद जारी गरेपछि चुक्ता पूँजी पच्चीस करोड पुग्ने छ । हाल दश करोड मात्र चुक्ता पूँजी रहेको सो कम्पनी प्रबद्र्दक रोजन्द्र खेतानको बदमासी, संचालकहरुबीचको बिबाद र चुक्ता पूँजी नपुगेका कारण बीमा समितिको कारबाहीमा परेको थियो ।
साधारणसभा आयोजना गर्ने क्रममा कम्पनीका संचालकहरुबीच बोनस शेयर जारी गर्ने कि हकप्रद जारी गर्ने भन्ने बिषयमा बिबाद देखिएको थियो ।

यसैबीच कम्पनीले चालु आर्थिक बर्षको दोस्रो त्रैमासको बित्तीय बिबरण सार्वजनिक गरेको छ । कम्पनीको खुद नाफा गत आर्थिक बर्षको दोस्रो त्रैमासको तुलनामा ७० प्रतिशतले घटेर ८७ लाख रुपैयाँ मात्र कमाएको छ । कम्पनीको प्रति शेयर आम्दानी ८ रुपैयाँ छ भने जगेडा कोषमा ११ करोड र बीमा कोषमा चार करोड ८८ लाख मात्र छ । जारी बीमा लेखको संख्या बढे पनि कुल बीमा शुल्क आर्जन रकम घटेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।