ललितपुर फाईनान्सलाई गुहेश्वरी मर्चेन्टले किन्ने

Feb 26, 2015 Mero Lagani

निस्क्रिय कर्जाले थलिएको ललितपुर फाइनान्स (LFC)लाई गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाईनान्स(GMFIL)ले किन्ने सम्झौता भएको छ ।

एक्विजिशनमा जाने सम्झोता भएपछि नेपाल स्टक एक्सचेन्जमा  ललितपुर फाइनान्स कम्पनीको शेयर कारोबार रोकिएको छ । 

२५ करोड चुक्ता पूँजी रहेको गुहेश्वरीले यस आर्थिक बर्षको दोस्रो त्रैमाससम्म २ करोड भन्दा बढी खुद नाफा गरेको छ भने ललितपुर फाईनान्सको चुक्ता पूँजी १९ करोड र जगेडा कोष ऋणात्मक छ भने निस्क्रिय कर्जा अनुपात ३० प्रतिशत रहेको छ ।
गुहेश्वरीले ललितपुर फाइृनान्सलाई कति स्वाप रेसियोमा किन्न लागेको हो भन्ने कुरा खुलाईएको छैन ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।