बराललाई लुम्बिनीबाट ‘गेटआउट’ युनाइटेडमा ‘वेलकम’

Apr 10, 2015 Merolagani

 

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी प्रमुख कार्यकारी अधिकृत शेखर बराल पदबाट बर्खास्त भएका छन् । कम्पनीमा कार्यरत रहँदै युनाइटेड इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारीका लागि आवेदन दिएको थापा पाएपछि लुम्बिनीको सञ्चालक समितिले उनीलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको हो ।

बरालले प्रमुख कार्यकारीका लागि आवेदन दिएको र त्यो स्वीकृतिका लागि बिमा समितिमा पत्र पुगेको थापा पाएपछि समितिको गत चैत २३ गतेको बैठकले उनलाई पदीय मर्यादा बिपरित काम गरेको भन्दै तीन दिनभित्र स्पष्टिकरण पेश गर्न र आउँदो बैशाख ४ गतेसम्म घरबिदामा बस्न पत्र थमाएको थियो ।


समयावधी भित्रै बरालले स्पष्टिकरण पेश गरे पनि बिहीबार बसेको सञ्चालक समितिको बैठकले स्पष्टिकरण चित्त बुभ्mदो नभएको भन्दै उनलाई आउँदो बैशाख ४ गतेदेखि लागु हुने गरी सेवाबाट हटाउने निर्णय गरेको हो ।
कम्पनीको उक्त निर्णयको पत्र बिमा समिति र बराललाई समेत बुझाईसकिएको स्रोतले जनाएको छ । यता बरालले भने युनाइटेडबाट नियुक्तिपत्र लिइसकेको बुझिएको छ ।


‘पछिल्लो समयमा बरालको कार्यशैलीप्रति कम्पनीका सञ्चालक तथा कर्मचारी तीब्र असन्तुष्ट भएका थिए । प्रमुख कार्यकारी अधिकृतसँग मतभेद बढ्दै गएपछि केही कर्मचारीले लुम्बिनी इन्स्योरेन्स कम्पनी छाडेका थिए । त्यसमध्ये धेरै कर्मचारी यूनाइटेड इन्स्योरेन्समा गएका छन् ।


बिमा समितिले अग्नी बिमामा रोक लगाएको युनाइटेड इन्स्योरेन्सले बराललाई कार्यकारी प्रमुखमा नियुक्त गर्ने गरी स्वीकृतिको लागि बीमा समितिमा तीन दिन अगाडि मात्रै पत्र पठाएको थियो । यसअघि युनाइटेडका प्रमुख कार्यकारी वीरविक्रम रायमाझीले प्रस्तावित गर्भनरको रुपमा नाम चलेको र अर्कोतर्फ अग्नी बिमा प्रकरणमा समितिले कारवाही गर्ने चर्चा चलेपछि उक्त कम्पनी छाडेको बुझिएको छ ।


चौधरी समूहको लगानी रहेको यस कम्पनीले चौधरीकै सतुङगलस्थित सिजीको गोदाममा २०७० असोजमा आगो लगाई  ६० करोड  रुपियाँभन्दा बढीको क्षतिपूर्ति आफ्नो इन्स्योरेन्स कम्पनीबाट लिएको चर्चा हुँदै आएको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।