शत प्रतिशत नेपाली टेलिफोनको पहुँचमा

Jun 11, 2015 Merolagani

टेलिफोन सेवामा नेपाल टेलिकम र एनसेलको समान बजार हिस्सा पुगेको छ । नेपाल दुरसञ्चार प्राधिकरणले सार्वजानिक गरेको पछिल्लो तंथ्याक अनुसार प्रतिष्पर्धी कम्पनी टेलिकम र एनसेलको बजार हिस्सा ४६ र ४६ प्रतिशत रहेको छ ।


NTC NCELL
प्राधिकरणको तथ्यांक अनुसार टेलिकमको टेलिफोन सेवामा १ करोड २० लाख ३२ हजार ३ सय २ प्रयोगकर्ता रहेका छन । त्यस्तै एनसेलको प्रयोगकर्ता १ करोड २१ लाख ३७ हजार ४ सय ८१ रहेको तथ्यांकमा उल्लेख गरिएको छ ।
इन्टरनेटमा भने एनसेलको तुलनामा एनटिसिको हिस्सा वढि रहेको छ । डाटा इन्टरनेटमा टेलिकमको बजार हिस्सा ५७.४३ प्रतिशत पुगेको छ भने एनसेलको ४०.२२ प्रतिशत बजार हिस्सा पुगेको छ ।
प्राधिकरणको तथ्यांक अनुसार कूल जनसंख्याको ९९.१२ प्रतिशतले दुर सञ्चार सेवा उपयोग गरेका छन । तर एउटै ग्राहकले विभिन्ने प्रदायकको सिम र सेवा प्रयोग गर्ने हुनाले प्रतिशत वढि देखिए पनि प्रयोगकर्ताको संख्या भने कम रहेको समाचार नागरिक दैनिकले प्रकाशन गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।