प्रभु बैंक र प्राइम लाइफबीच ‘क्रेडिट लाइफ बिमा’ सम्झौता

Jul 16, 2015 Mero Lagani

प्रभु बैंक र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीबीच क्रेडिट लाइफ बीमा सम्झौता भएको छ। प्रभु बैंकका घरकर्जा तथा सवारी साधन कर्जाका ग्राहकहरुको लागि क्रेडिट लाइफ बिमा सेवा उपलब्ध गराउने उद्देश्यले यो सम्झौता भएको हो।

 

 

यो बिमा सुविधा लिएका ग्राहकहरुकोे घरकर्जा तथा सवारी साधन कर्जा तिर्ने मुख्य व्यक्तिको जुनसुकै कारणबाट निधन हुन गएमा बैंकबाट प्रवाह भएको उक्त कर्जाको सम्पूर्ण साँवा रकम प्राईम लाईफ इन्स्योरेन्सले व्यहोर्ने व्यवस्था गरिएको छ। साथै बाँकी रकम ग्राहकको आश्रीत परिवारलाई दिइने व्यवस्था मिलाइएको प्रभु बैंकले जनाएको छ।

सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र प्राइम लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराइले हस्ताक्षर गरेका थिए।

 

 

 

 

......................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक र ट्वीटर मार्फत पनि पाउन सक्नुहुन्छ ।

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।