६ लाख कित्ता ऋणपत्र जारी गरेको बैङ्कले ४ लाख ८० हजार कित्ता व्यक्तिगत तवरका लागि असार ३० गते बाँडफाँट गरेको थियो । त्यसै गरि सर्वसाधारण तथा सार्वजनिक निष्काशनका लागि असार ३१ गते ९० हजार कित्ता ऋणपत्र बाँडफँट गरेको थियो । बैङ्कको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक (इस्यु मेनेजर) नबिल इनभेष्टमेन्ट बैङ्किङ लिमिटेड रहेको छ ।
यसै गरि प्रभु बैंकले केही संस्थापक सदस्यहरुले संस्थापक शेयर बेच्न खोजेको भन्दै उक्त शेयर खरिद गर्न अरु संस्थापक शेयरधनीका नाममा ३५ दिने सुचना जारी गरेको छ । संस्थापक शेयर बिक्रि गर्दा संस्थापक शेयरधनीलाई पहिलो प्राथमिक्तामा राख्नुपर्ने व्यवस्था भएकाले सुचना प्रकाशित गरेको बैंकले ३५ दिन भित्र आवेदन नआए संस्थापक बाहेकका व्यक्तिलाई शेयर बिक्रि गर्ने जनाएको छ । कति कित्ता शेयर हो भन्ने सम्बन्धमा बैंकले केही पनि खुलाएको छैन ।