नाफा कमाउन माहिर भृकुटी, ३० प्रतिशत बढी नाफा, निष्किृय कर्जा पनि घट्यो

Jul 31, 2015 Mero Lagani

भृकुटी डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक बर्ष २०७१ ७२ मा १५ करोड ४२ लाख २८ हजार ९ सय ७० रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । BBBL बैंकको गत आर्थिक वर्षको अन्तिम त्रैमासिक विवरण अनुसार बैंकले गत वर्षको तुलनामा साढे ३ करोड ६३ लाख ९४ हजार २ सय ५० रुपैंयाले बढी नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा बैंकले ११ करोड ७८ लाख ३४ हजार ७ सय २० रुपैंया खुद नाफा कमाएको थियो । जस अनुसार गत आर्थिक वर्षको बैंकको नाफा ३० प्रतिशत भन्दा बढी देखिएको हो ।

निष्कृय कर्जा अनुपातमा गत वर्षको तुलनामा शुन्य दशमलव शुन्य सात प्रतिशतले सुधार गरेको बैंकको चुक्ता पूँजी ५२ करोड १२ लाख ४८ हजार ५ सय रुपैंया रहेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको चुक्ता पूँजी झण्डै १० करोड रुपैंयाले बढेको हो । 

अघिल्लो आर्थिक वर्षमा निष्कृय कर्जा अनुपात शुन्य दशमलव एक प्रतिशत रहेकोमा गत आर्थिक वर्षमा बैंकले त्यसमा सुधार गरि शुन्य दशमलव शुन्य तीन प्रतिशतमा झारेको छ । यसले बैंकको आर्थिक कृयाकलापलाई अझै सुदृढ बनाउने देखिएको छ ।

Bhrikutu Developement Bank


अघिल्लो आर्थिक वर्षमा १९ करोड २ लाख १८ हजार ८ सय ४० रुपैंया जगेडा कोष कायम गरेको बैंकले गत आर्थिक वर्षमा त्यो मात्रा ५ करोड २२ लाख ७० हजार ६ सय ३० रुपैंयाले बढाएको छ । यस पश्चात बैंकको जगेडा कोष रकम २४ करोड २४ लाख ८९ हजार ४ सय ७० रुपैंया पुगेको छ । जगेडा कोषमा आएको यो वृद्धि अघिल्लो आर्थिक वर्षको तुलनामा साढे २७ प्रतिशतले बढी हो ।

प्रति शेयर आम्दानी २९ रुपैंया ५९ पैसा कायम गर्न सफल बैंकले प्रतिशेयर नेटवर्थ पनि १ सय ४६ रुपैंया ५२ पैसा कायम गर्न सफल भएको छ । त्यसै गरि तरलता अनुपात ३० दशमलव तीन नौ प्रतिशत रहेको बैंकको मुल्य आम्दानी अनुपात १२ दशमलव सात आठ प्रतिशत रहेको छ ।
अघिल्लो आर्थिक वर्षमा ४ अर्व ९८ करोड ७२ लाख ९२ हजार ८ सय रुपैंया निक्षेप संकलन गरेको बैंकले गत आर्थिक वर्षको अन्त्यसम्मा निक्षेप ९४ करोड ७७ लाख ६२ हजार रुपैंयाले बढाएर ५ अर्व ९३ करोड ५० लाख ५५ हजार रुपैंया पुर्याएको छ ।
त्यसै गरि अघिल्लो आर्थिक वर्षमा ४ अर्व ३३ लाख ४७ हजार ३ सय ४० रुपैंया ऋण तथा कर्जा प्रवाह गरेको बैंकले गत आर्थिक वर्षमा ४ अर्व ८४ करोड ११ लाख ६० हजार ६ सय ५० रुपैंया ऋण प्रवाह गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ८३ करोड ७८ लाख १३ हजार ३ सय १० रुपैंयाले बढी हो ।
व्याज आम्दानी र सञ्चालन आम्दानी साढे सात करोड रुपैंया भन्दा धेरै बढाएको बैंकको सञ्चालन खर्च भने झण्डै २ करोड रुपैंयाले बढेको छ ।
यसरी सबै आर्थिक सुचकांकमा राम्रो सुधार गरेको बैंकको भोलिका दिनमा हुने आर्थिक कृयाकलाप सन्तोषजनक देखिने सम्भावना छ । यसका अलावा चुक्ता पूँजी १ अर्व २० करोड पुर्याउन अहिलेको अवस्थामा भने धेरै मेहनत मेहनत गर्नुपर्ने देखिन्छ । तर एनएमबी बैंकसंगको मर्जर प्रकृया अघि बढिसकेका कारण पूँजी वृद्धिको टाउको दुखाई भने बैंकलाई अहिले देखिएको छैन ।
पूँजीकोष अनुपात १३ दशमलव सात पाँच प्रतिशत रहेको बैंकको प्रति शेयर सम्पत्तीको कुल मुल्य १ हजार ३ सय ५ रुपैंया ९६ पैसा रहेको छ ।
गत आर्थिक वर्षमा न्युनतम ३ सय २४ रुपैंयादेखि ४ सय ५५ रुपैंया प्रति कित्ता शेयर कारोबार भएको बैंकले उक्त अवधिमा ७१ ह्जार ६ सय ८३ वटा कारोबार गरेको छ ।
रुपन्देहीको बुटवललाई केन्द्र बनाएर आर्थिक कृयाकलाप गर्दै आएको बैंक एनएमबी बैंकसंगको मर्जरको संघारमा पुगेको छ । उक्त अवधि सम्ममा बैंकले चुक्ता पूँजी बढाएर ६४ करोड रुपैंया भन्दा माथि पुर्याउने लक्ष्य लिएको छ ।

 

........................................................................................................................................................................

तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक र ट्वीटर मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।