नागरिक लगानी कोष पनि शेयर बजारमा छिर्ने अन्तिम तयारी, कसरी खेल्ला मार्केट मेकरको भुमिका ?

Mar 18, 2016 Mero Lagani

नागरिक लगानी कोषले बजार निर्माता (मार्केट मेकर) का रुपमा काम गर्ने तयारी गरेको छ । कोषले आफ्नो ऐनमा २०४७ सालमै मार्केट मेकरको काम गर्ने व्यवस्था गरिसकेको भएपनि २५ बर्षपछि आएर मात्र यसलाई कार्यान्वयनको चरणमा लैजाने प्रक्रिया थालेको हो । सरकारले आर्थिक बर्ष ०७२/७३ को बजेट मार्फत नै कोषलाई बजार निर्मातका रुपमा परिचालन गर्ने बताएपछि कोष यसको सम्भाव्यता अध्ययन र कार्यबिधि निमार्णमा जुटेको हो।

कर्मचारी सञ्चय कोष,नेपाल दूरसञ्चार कम्पनी, बिमा संस्थान र कोषको संयुक्त लगानीमा बजार निर्माता कम्पनी सञ्चालनमा ल्याउन लागेको हो । यी संस्थाहरुबाट ६ देखि १० अर्ब रुपैयाँ लागत (पूँजी) मा बजार निर्माता कम्पनी स्थापना गर्न लागिएको नागरिक लगानी कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले जानकारी दिए ।

कम्पनी सञ्चालन अनुमतिका लागि कोषले नेपाल स्टक एक्सचेन्ज (नेप्से) र नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिइसकेको छ । अनुमति पाएलगत्तै काम सुरु गरिने कार्यकारी निर्देशक पोखरेलले बताए । 

 सार्थै उनले कोषले स्टक डिलरको रुपमा पनि काम गर्ने सम्बन्धमा अध्ययन भईरहको बताए । उनका अनुसार कम्पनीको सञ्चालन तथा व्यवस्थापन कोषले नै गर्नेछ । कोषले ऋणपत्रहरुको खरीदविक्री गर्दे आएको भएएपनि शेयरमा भने यस्तो काम अहिलेसम्म गरेका छैन तर यसले शेयर निष्कासन व्यवस्थापन गर्ने र शेयर रजिष्ट्रारको काम गर्दै आएको छ ।

नागरिक लगानी कोषबाट बजार निर्माता अनुमतिका लागि आवेदन आएको र त्यस बारेमा अध्ययन भईरहेको नेप्सेका सह प्रवक्ता मुरारी पराजुलीले जानकारी दिए । नेप्सेको वर्तमान संरचनामा कारोबार प्रणालीमा बजार निर्माताका लागि स्थान नभएकाले त्यसमा आवश्यक परिमार्जन गर्न लागिएको उनले बताए ।

त्यस्तै धितोपत्र बोर्डले पनि बजार निर्माताका लागि तुरुन्तै अनुमति दिन नसकिने बताएको छ । कम्पनीको कागजपत्र अध्ययन भइरहेको तथा नेप्सेको सिफारिस आइनसकेकाले अनुमतिबारे अहिल्यै केही भन्न नसकिने बोर्डका प्रवक्ता निरज गिरीले बताए ।

के हो बजार निर्माता

सेयर बजारमा तरलता (सेयर आपूति) प्रर्दान गर्न स्थापना भएको कम्पनी हो । यसले सेयर कारोबारमा आउने अस्वाभाविक उतारचढावबाट बजारमा पर्ने प्रभाव न्यूनीकरण गर्दै दिगो र स्थीरता प्रदान गर्छ । यो कम्पनी हरेक समय सेयर खरिद तथा बिक्री गर्न तयार रहन्छ । आफूले बजार निर्माण गर्ने धितोपत्रको मूल्यमा अनुचित अस्थीरता हुन नदिने काम पनि बजार निर्माताको हो । आफूले बजार निर्माण गर्ने धितोपत्रको सम्बन्धमा धितोपत्र बजार ( नेप्से) ले तोकिदिएबमोजिम न्यूनतम परिमाणमा नघटाई मासिक कारोबार गर्छ ।

 

......................................................................................................................................................................

तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक र ट्वीटर मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।