गुराँस लाइफले १९ प्रतिशत संस्थापक शेयर सर्बसाधारणमा परिणत गर्ने , नयाँ संचालक समिति गठन

Aug 13, 2015 Mero Lagani

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले १९ प्रतिशत संस्थापक शेयर सर्बसाधारण शेयरमा परीणत गर्ने भएको छ । कम्पनीको बुधबार सम्पन्न छैठौ साधारण सभाले उत्त प्रस्ताव पारित गरेको हो । साथै कम्पनीले नयां संचालक समिति समेत गठन गरेको छ ।

संस्थापक शेयर सर्बसाधारण शेयरमा परीणत भएपछि संस्थापकको ५१ प्रतिशत तथा सर्बसाधारणको शेयर ४९ प्रतिशत रहने कम्पनीले जनाएको छ । हाल कम्पनीमा ७० प्रतिशत संस्थापक तथा ३० प्रतिशत सर्वसाधरको शेयर रहेको छ । साथै कम्पनीले नयां संचालक समिति समेत गठन गरेको छ ।

साधारण सभाले कम्पनीको संस्थापक संचालकमा मोतीलाल दुगड, मालचन्द दुगड, ज्योति कुमार बेगानी, दीपक नेपाल, सनराइज बैक लि. को तर्फबाट अपछ कुमार यादव निर्विरोध निर्वाचित भएका छन । साथै सर्बसाधारण शेयरधनीहरुको तर्फबाट बिशाल तातेड निर्वाचित भएको कम्पनीले जनाएको छ ।

सोहि दिन बसेको संचालक समितिको बैठकले मोतीलाल दुगडलाई संचालक समितिको अध्यक्षमा सर्व सम्मत चयन गरेको छ । सो अवसरमा कम्पनीका संचालक समितिका अध्यक्ष श्री मोतीलाल दुगडले आगामी बर्षहरुमा कम्पनीको व्यापार व्यवसाय विस्तार गरी शेयरधनीहरुलाई अझ बढि प्रतिफल प्रदान गर्न सकिने बताए ।

 

..................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक र ट्वीटर मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।