एनएलजीलाई भूकम्पको असर नाफा एक करोड घट्यो, ९० करोड भुत्तानी गर्न बाँकी

Aug 19, 2015 Mero Lagani

गत आर्थिक बर्षको अन्त्यसम्ममा एनएलजी इन्स्योरेन्स कम्पनी (NLG) ले १६ करोड २४ लाख खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक बर्ष कम्पनीले १७ करोड २८ लाख खुद नाफा कमाएको थियो । एक बर्षको अवधिमा कम्पनीको नाफा १ करोड चार लाख अर्थात ६ प्रतिशत बढिले घटेको छ ।

कम्पनीले वैशाख यता मात्रै २६ करोड ९९ लाख दाबी भुत्तानी गरेको छ । भुकम्प पछि कम्पनीको दाबी भुत्तानीमा वृद्धि भएको हो ।कम्पनीले यस अवधिमा ४९ करोड ६६ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ । जून अघिल्लो आर्थिक बर्षको भन्दा ६.२५ प्रतिशतले बढि हो ।

त्यस्तै कम्पनीको वीमा कोष २७ करोड ५२ लाखबाट बढेर ३५ करोड ६४ लाख रुपैयाँ पुगेको छ । साथै जगेडाकोष १३ करोड ५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो बर्ष यो रकम ९ करोड ३८ लाख रुपैयाँ रहेको थियो ।

गत आर्थिक बर्षको अन्त्यसम्म कम्पनीले १ लाख ४५ हजार पोलिसी बिक्री गरेको छ । अघिल्लो आर्थिक बर्षमा कम्पनीले १ लाख ४३ हजार पोलिसी बिक्री गरेको थियो । एक बर्षको अवधिमा कम्पनीले २ लाख बढि पोलिसी बिक्री गरेको हो ।

कम्पनीको प्रतिशेयर आम्दानी ४७ रुपैयाँ ५५ पैसा, प्रतिशेयर नेटवर्थ २४६ तथा पिई रेसियो ११.७६ प्रतिशत रहेको छ । चुक्तापूँजी ३४ करोड १५ लाख रुपैयाँ रहेको कम्पनीले अझैपनि करिब ९० करोड रुपैयाँ दाबी भुत्तानी गर्न बाँकी रहेको छ ।

 

....................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक र ट्वीटर मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।