हाथवेले किन्यो समस्याग्रस्त अरुण फाईनान्स, कसरी सुघ्रेला ?

Sep 16, 2015 Merolagani

 

सुनसरीको धरानमा मुख्य कार्यालय रहेको समस्याग्रस्त अरुण फाईनान्स(ARUN)लाई हाथवे ईन्भेष्टमेन्टले किनेको छ ।

१५ करोड च्क्ता पूँजी रहेको कम्पनीलाई हाथवेले बहुमत संस्थापक शेयर किनेर आफ्नो नियन्त्रणमा ल्याएको हो । 

कारोबार दैनिकमा प्काशित समाचार अनुसार कालो सूचीमा नरहेको चार लाख १३ हजार कित्ता शेयर दोस्रो बजारमा कारोबार गराई केही दिन अघि हाथवेले हात पारेको हो । हाथवेले सबै संस्थापक शेयर पनि खरिद गर्ने सम्झौता भएकोमा संचालकहरु कालो सूचीमा रहेकाले तत्काल संभव नभएको बताईएको छ ।


यस अघि बीमा समितिको कारबाही भोगिरहेको एनबी एन्स्योरेन्सलाई पनि हाथवेले खरिद गरेको थियो । समस्याग्रस्त संस्थालाई किनेर स्वस्थ बनाउने उदेश्य अनुरुप अरुणलाई खरिद गरिएको हाथवेका संस्थापक कुमार पौडेलले जानकारी दिएको कारोबारमा समाचार छ । अरुणमा ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारणको हिस्सा छ । हाथवेले ८ लाख ९४ हजार कित्ता नै संस्थापक शेयर किन्ने तयारी गरेको छ ।


हाथवेले खर्दि गरे पनि राष्ट्र बैंको चुक्ता पूँजी बृद्धि योजना अनुसार चल्न नसके अरुणलाई सुध्रन म्स्किल पर्ने बताईएको छ । बिग्रिएको संस्थामा नयाँ लगानीकर्ता आए पनि कुनै छुट र सहुलियत नहुने राष्ट्र बैंकका प्रबक्ता त्रिलोचन पंगेनीले स्पष्ट पारेका छन् । अरुणलाई तीन जिल्ले फाईनान्स बनिरहन पनि अब कम्तिमा ४० करोड चुक्ता पूँजी कायम गर्नुपर्ने भएको छ ।


राष्ट्र बैंकले अघिल्लो बर्षको पुसमा मंगलबार सार्वजनिक सूचना जारी गरी फाईनान्सको कार्यालयमा निरीक्षण गर्दा पूँजी कोष १९ प्रतिशत भन्दा बढीले ऋणात्मक रहेको, निस्क्रिय कर्जा अनुपात ८० प्रतिशत नाघेको, कर्जा केन्द्रिकरण जोखिम उच्च रहेको र चुक्ता पूँजी तोकिए अनुसार कायम नगरेको कारण समस्याग्रस्त घोषणा गरेको थियो । गत आर्थिक बर्षको पहिलो त्रैमासको अबस्था संतोषजनक नभएको र संस्थाले पेश गरेको स्पष्टिकरण समेत चित्तबुझ्दो नरही संस्था, निक्षेपकर्ता, सर्वसाधारण लगानीकर्ताहरुको हितको लागि संस्थालाई समस्याग्रस्त घोषणा गरी ६ महिना भित्र सुधार गर्न १२ बुदे निर्देशन दिईएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले फाईनान्सको चुक्ता पूँजी १५ करोड रहेकोमा तोकिए बमोजिम २० करोड कायम गर्न, , थप निक्षेप संकलन नगर्न, परिपक्कव भएका निक्षेप नविकरण नगर्न, थप कर्जा प्रबाह र नबिकरण नगर्न, फिर्ता गर्नुपर्ने निक्षेप फिर्ता गर्न र नयाँ शाखा नखोल्न निर्देशन दिएको छ । त्यसैगरी निस्क्रिय कर्जा अनुपात ५ प्रतिशत कायम गर्न, लाभांश घोषणा र वितरण नगर्न पनि फाईनान्सलाई निर्देशन दिईएको थियो ।
फाईनान्सले प्रकाशित गरेको त्रैमासको बित्तीय बिबरण अनुसार जगेडा कोष १४ करोड ६५ लाखले ऋणात्मक छ भने १४ करोडको हाराहारीमा सर्वसाधारणको निक्षेप छ ।

ठूलो संख्याको संस्थापक शेयर हाथवेले किनेपछि केही दिनदेखि शेयर बजारमा अरुणको शेयर मूल्य उल्लेखनीय रुपमा बढेको थियो । आफै संचालन हुन नसके अरुणलाई कुनै बाणिज्य बैंकसँग मर्ज गराउने पिकल्प भने खुला नै रहेको देखिएको छ । हालै ललितपुर फाईनान्ससँग मर्ज भाँडिएपछि अरुणको शेयर कारोबार खुला भएको थियो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।