एक वाणिज्य बैंक, तीन विकास बैंक र एक फाइनान्स एकै पटक गाभिए, एनएमबी बैंकको नामबाट कात्तिकदेखि एकिकृत कारोबार

Sep 23, 2015 Mero Lagani

नेपाल राष्ट्र बैंकले एनएमबी बैंकको एक वर्ष लामो मर्जर प्रकृयालाई टुंगो लगाएको छ । बुधबार साँझ बसेको राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले एनएमबी बैंक सहित ५ वटा बित्तीय संस्थाको मर्जर प्रकृयालाई अन्तिम स्वीकृति दिएको हो ।

MERGERराष्ट्र बैंकबाट प्राप्त जानकारी अनुसार एक वर्ष अघि मर्जरका लागि सम्झौता गरेका एनएमबी बैंक (NMB), क्लिन इनर्जी डेभलपमेण्ट बैंक (CEDBL), पाथिभरा विकास बैंक (PBSL), भृकुटी विकास बैंक (BBBL) र प्रुडेन्सियल फाइनान्स (PFIL) लाई मर्जरका लागि अनितम स्वीकृति दिइएको हो ।

यो संगै ५ वित्तीय संस्था गाभिए पछि एनएमबी बैकको नाममा आगामी एक महिना भित्रमा एकिकृत कारोबार सुरु हुने बताइएको छ ।

मोरंगको उर्लाबारीमा केन्द्रिय कार्यालय रहेर पुर्वाञ्चलमा क्षेत्रीयस्तरमा पाथिभरा विकास बैंकले कारोबार गर्दै आएको थियो भने भृकुटीले रुपन्देहीको लुम्बिनीमा मुख्य कार्यालय राखी मध्यमाञ्चलमा क्षेत्रीयस्तरमा कारोबार गर्दै आएको थियो ।

मर्जर पछि बैंकको शाखा ७० को हाराहारीमा पुग्ने छ ।

.....................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक र ट्वीटर मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।