डीम्याट शेयर किने पछि खातामा जम्मा नभएर हैरान हुनुहुन्छ ?

May 01, 2016 Mero Lagani

नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने धेरै कम्पनीका शेयर अभौतिकीकरण भएर अनिवार्य डीम्याट कारोबार सुरु भए पछि धेरै लगानीकर्ताले अब सास्ती खेप्ने दिन सकिएको अनुभुती गरेका थिए । तर अहिले डीम्याट शेयर किने पनि आफ्नो खातामा लामो समयसम्म शेयर जम्मा नभए पछि लगानीकर्ता अन्यौलमा परेका छन् । डीम्याट खातामा किन जम्मा भैरहेको छैन त डीम्याट शेयर ?

Shareलगानीकर्ताले शेयर दलाल मार्फत डीम्याट शेयर किने पछि तीन कार्य दिन भित्र खरिदकर्ताको खातामा शेयर जम्मा भैसक्नु पर्छ । तर खरिदकर्ताले लामो समयसम्म आफ्नो खातामा खरिद गरेको शेयर जम्मा भएको नपाउनुको मुख्य दुई कारण हुन सक्छन् ।

पहिलो कारण शेयर बिक्रेताको खातामा बेचिएको शेयर नै नहुँदा खरिदकर्ताले समयमा शेयर नपाएको हुन सक्छ । त्यसै गरि बिक्री गर्ने व्यक्ति र दलालले शेयर खरिद गर्ने दलालको पुल एकाउण्टमा सिडीएस र निक्षेप सदस्य मार्फत शेयर जम्मा गराइसकेको भए पनि शेयर दलालले खरिद गर्ने व्यक्तिको खातामा शेयर जम्मा नगरी दिएको हुन सक्छ ।

यो प्रकृया प्रभावकारी हुन्छ वा हुँदैन भन्नेमा खास गरि शेयर खरिदकर्ता चनाखो हुनुपर्छ । अधिकांश शेयर दलालले डीपी लाइसेन्स लिएका कारण दुईवटा दलालको बिचमा डीपीले गर्ने प्रकृया पनि दलालले नै सम्पन्न गर्छन् । दलाल डीपी नभएको अवस्थामा पहिलो दलालले डीपीलाई पठाएको विवरण्का आधारमा डीपीले ससिडीएस मार्फत कारोबार प्रकृयालाई दोस्रो दलालसम्म पुर्याउँछ ।

Trading buy orderशेयर नामसारी भयो, डीम्याट खातामा आएन, गयो कहाँ ?

पहिले त शेयर किन्नेको खातामा शेयर पठाउने काम शेयर किनाउने दलालले गर्दछ । खरिदकर्ताको खातामा शेयर जम्मा नभए शेयर किनाउने दलालको पुल एकाण्टमा हुन सक्छ । खरिदकर्ताले यसका लागि दलाललाई जानकारी गराएर आफ्नो शेयर खोज्नुपर्छ ।

किनाउने दलालको पुल एकाउण्मा पनि शेयर भेटिएन । यो अवस्थामा शेयर बेचाउने दलालको पुल एकाउण्टबाट शेयर किनाउने दलालको पुल एकाउण्टमा शेयर नपठाइएको हुन सक्छ । यसलाई खरिदकर्ताको पहलमा किनाउने दलालले बेचाउने दलाललाई अवगत गराए पछि शेयर जम्मा हुन सक्छ ।

Trading Processशेयर बेच्ने दलालको पुल एकाउण्मा पनि शेयर जम्मा नभई कारोबार भयो, कसरी खोज्ने ?

शेयर बिक्रि गर्ने व्यक्तिको डीम्याट खातामा बिक्रि हुने शेयर जम्मा हुन जरुरी छ । यदि त्यसो हुन नसकेको अवस्थामा दलाल नै डीपी हुने भएकाले कहिले काँही त्यस्तो खाताबाट पनि शेयरको कारोबार हुन्छ । तर त्यो शेयर खरिदकर्ताको खातामा जम्मा हुन पाउँदैन । अर्थात बेच्ने व्यक्तिको खाताबाट दलालको पुल एकाउण्टमा शेयर जम्मा नभएको हुन सक्छ । शेयर बेच्ने व्यक्तिको खातामा शेयर नभएको अवस्थामा यस्तो हुन सक्छ ।

आफ्नो खातामा शेयर जम्मा नभएको अवस्थामा शेयर किन्ने व्यक्तिले आफुले शेयर खरिद गरेको दलाललाई तत्काल खबर गरि सचेत गराउनु पर्छ । शेयर बेच्नेको खाता पनि शेयर नभेटिएको खण्डमा शेयर खरिदकर्ताले शेयर बेच्ने व्यक्तिसंग कुल कारोबारको २० प्रतिशत रकम क्षतीपुर्ती दाबी गर्न सक्छन्, यसका लागि खरिदकर्ताले शेयर खरिद गरिएको दलालमार्फत प्रकृया अघि बढाउनुपर्छ ।

खरिद गरेको शेयर हराउला त ?

डीम्याटमा कारोबार गर्ने क्रम बढ्दै गएको अवस्थामा लगानीकर्ताले किनेको शेयर हराउने वा कुनै पक्षले लिने सम्भावना रहँदैन । एउटा शेयर कारोबारमा पहिलो पक्षका रुपमा शेयर बेच्ने व्यक्ति र ब्रोकरको भुमिका हुन्छ भने दोस्रो पक्षका रुपमा शेयर किन्ने ब्रोकर र व्यीक्तको उपस्थिती हुन्छ । यी चार पक्ष मध्ये कुनै एकको खातामा शेयर रहने भएकाले अन्य कोही व्यक्तिले त्यो कारोबारको शेयरसम्म पुग्न सम्भव हुँदैन । त्यो सुरक्षित हुन्छ, यी ४ पक्ष मध्ये कुनै एकसंग ।

कुल शेयरको थोरै हिस्सा मात्र डीम्याट भएका कारण शेयर कारोबारका क्रममा नामसारी, शेयर कारोबारमा विभिन्न किसिमका समस्या देखिएका हुन् ।

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

...............................................................................................................................................................

 १५ करोडको साधारण शेयर निष्कासन गर्ने सीईडीबी हाइड्रोको तयारीे,कसुवाखोला आयोजनाको अध्ययन सुरु

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।