प्रभु मनि ट्रान्स्फर ल्यायो “प्रभुको बिङ्गो जितौं रमाऔ” योजना

Oct 01, 2015 Mero Lagani

प्रभु मनि ट्रान्स्फर प्रालीले दशैं तिहार छठ योजना अन्तर्गत ’प्रभुको बिङ्गो’ योजना ल्याएको छ । चाडपर्वको अवसर पारेर विगतका वर्ष देखि नै विभिन्न योजना ल्याउँदै आएको प्रभुले यस बर्ष “प्रभुको बिङ्गो जितौं रमाऔं” योजना ल्याएको हो ।

योजना अनुसार प्रभु मनि ट्रान्स्फर मार्फत पैसा पठाउँदा उपलब्ध हुने गोप्य संकेत नं. को अन्तिम ४ अंक २०७२ को संयोजनबाट बनेको जुनसकै नम्बर भएमा २ हजार देखि ५ हजार सम्म जित्न सकिने बताइएको छ ।

योजनामा ग्राहकले प्राप्त गरेको अन्तिम ४ अंकमा २०७२ भएमा ५ हजार प्राप्त गर्न सकिने योजनामा ७ बाट शुरु भएमा ४ हजार, शुन्यबाट शुरु भएमा ३ हजार त्यसैगरी २ बाट शुरु भएमा २ हजार प्राप्त गर्न सकिने प्रभु मनि ट्रान्स्फरका उपाध्यक्ष कुसुम लामाले जानकारी दिए । 

 

सार्वजानिक योजना अनुसार उपहार बापतको रकम विदेशबाट पैसा पठाउँदा नेपालमा पैसा भुक्तानी लिने आफन्तजनलाई र स्वदेश भित्र पैसा पठाउँदा पठाउने व्यक्तिलाई तुरुन्तै प्रदान गर्ने कम्पनीले जनाएको छ । साथै मलेशियाबाट नेपालमा पैसा पठाउने ६ जनालाई घर आउनको लागि एयर एसियाको एक तर्फी हवाई टिकट समेत प्रदान गर्ने प्रभुले जनाएको छ ।

प्रभु बैंक यो योजनामा बैंकिङ पार्टनरको रुपमा रहेको छ र उपहार क्रार्यक्रममा नगद उपहार लागि रु १५ लाख देखि २० लाख सम्म पुग्ने र कार्यक्रमको कुल खर्च रु तिस लाखको हाराहारीमा जानेछ भन्ने अनुमान गरीएको छ ।

यो योजना असोज १४ देखि मंसिर १ सम्म ४८ दिन लागु हुने कम्पनीले जनाएको छ ।

 

.....................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।