इन्धन अभावमा रोकियो मेलम्ची प्रशोधन केन्द्रको काम

Oct 16, 2015 RSS

 इन्धनको अभावले मेलम्ची खानेपानी आयोजनाको सुन्दरीजलमा निर्माण भइरहेको अत्याधुनिक पानी प्रशोधन केन्द्रको कामसमेत बिहीबारबाट रोकिएको छ। सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी काठमाडौँको सुन्दरीजलमा ल्याएपछि प्रशोधन गरी वितरण गर्नका लागि निर्माण भइरहेको केन्द्रको काम डिजेलको अभावले नै रोक्नुपरेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

“आयोजनाको कामका लागि मासिक दुई लाख लिटर डिजेलको आवश्यकता पर्दछ, डिजेलकै अभावका कारण सुरुङको काम असोज १४ गतेबाट रोकिएको थियो, बिहीबारबाट प्रशोधन केन्द्र निर्माणको काम पनि रोकियो, अब इन्धन सहज नभएसम्म काम हुन सक्दैन” –समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराईले भने ।

मेलम्ची खोलाबाट दैनिक ल्याइने १७ करोड लिटर पानी प्रशोधनका लागि गोकर्णेश्वर नगरपालिका–३ को महाँकालमा अधिग्रहण गरिएको १०२ रोपनी जग्गामा पहिलो चरणमा साढे आठ करोड लिटर पानी प्रशोधनका लागि केन्द्र निर्माण भइरहेको समितिका वरिष्ठ इन्जिनियर राजेन्द्रप्रसाद पन्तले जानकारी दिए ।

विसं २०७२ चैत मसान्तमा सक्ने सम्झौतासहित ओब्याग र प्रतिभा इन्डस्ट्रिज जेभीले केन्द्र निर्माणको काम गरिरहेका छन् । रासस

 

 

....................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक र ट्वीटर मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।