ओरेन्टल होटल लिमिटेडले २१ प्रतिशत लाभांश दिने

Oct 29, 2015 Mero Lagani

ओरेन्टल  होटल लिमिटेड (OHL) ले आफ्ना शेयरधनीलाई एक्काईस प्रतिशत लाभांश बाड्ने प्रस्ताव गरेको छ । कम्पनीको बुधबार बसेको बोर्ड बैठकले बीस प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि १.०५ प्रतिशत नगदगरि एक्काईस प्रतिशत लाभांश बाड्ने प्रस्ताव गरेको हो ।

कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट उक्त लाभांश घोषणा गरेको हो । गत आर्थिक बर्षमा कम्पनीले १९ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीले प्रस्ताव गरेको लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीलाई वितरण गरिनेछ । 

विगतका बर्षहरुमा घाटामा गएको कम्पनीले  गतबर्षदेखि मात्र मुनाफा बाड्न थालेको हो । गएको बर्ष कम्पनीले दश प्रतिशत बोनश शेयर वितरण गरेको थियो । 

 एक दशक भन्दा बढी समयदेखि कम्पनीका लगानीकर्ताले कुनै लाभांश पाएका थिएनन् । कम्पनीले काठमाडौको लाजिम्पाटमा पाँच तारे रेडिशन होटल संचालन गर्दै आएको छ । 

 

 

...................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।