शेयर बजारमा धोका नखाने हो भने पढ्नैपर्ने केही काण्डहरु

Apr 24, 2016 Merolagani

तिलक कोइराला

तपाइँ शेयर बजारका लगानीकर्ता हुनुहुन्छ भने तपाईले कम्पनीहरुले प्रकाशित गर्ने बित्तीय बिबरण र त्यसका संचालकहरुको बिस्वासमा लगानी गर्नुभएको छ । कम्पनीले प्रकाशित गरेका सबै बिबरणहरु सही छन् र त्यसका संचालक तथा प्रमुख कार्यकारीहरुले सही ढंगले नै काम गरेका छन् भन्ने आम बिस्वास लिईन्छ । तर सधै त्यो सही नहुनपनि सक्छ । तपाइँको बिस्वासले तपाइँलाई धोका दिईरहेको पनि हुनसक्छ किनभने पैसासँग सम्बन्धित शब्दहरु धोका, चोरी र झुट नै हुन् ।

शेयर बजारमा लगानीका लागि अनुसन्धान र आँकलनको ठूलो भुमिका हुन्छ। तर यसो गर्दागर्दै पनि हामीले धोका खानुपर्ने अबस्था त्यतिखेर आउँछ, जब कम्पनीको पुरै ब्यवस्थापन मिलेर गलत बित्तीय बिबरण बनाएर आम लगानीकर्तालाई मुर्ख बनाएको प्रमाणित हुन्छ । बिगतमा कसरी धेरै लगानीकर्ताहरुलाई डुबाउने ठूला काण्डहरु भए भन्ने कुरा थाहा पाउनाले भबिष्यमा त्यस्ता काण्डहरुमा फस्ने जोखिमबाट बच्ने शिक्षा दिन्छ । सधै राम्रो गरिरहेको कम्पनीहरुले नै के थाहा कुन बेला धोखा दिनसक्छन् । 

यहाँ बिश्वका केही ठुला काण्डहरुबारे बर्णन गरिएको छ, जुन शेयर बजारमा हरदम हुने संभावना हुन्छ र चाखलाग्दा पनि छन् । 

जेडजेडजेडजेड बेष्ट इंक, १९८६ काण्ड

अमेरिकामा बैरी मिखाओ, गलैँचा सफाई कम्पनीका मालिक थिए । उनले आफ्नो कम्पनीलाई गलैँचा सफाई को जनरल मोटर्स कम्पनी बनाउने कुरा सार्वजनिक गरे । जेडजेडजेडजेड नामको अर्बौ लगानीको कम्पनी बनाउन उनले जालसाजी र चोरीको माध्यम प्रयोग गरे। उनले जो कोही सामान्य लगानीकर्ताले थाहै नपाउने गरी १०,००० वटा नक्कली कागजात र बिक्री रसिद तयार गरे ।

उनको ब्यापारिक कारोबार पूर्णतया नक्कली र धोकापूर्ण थियो । व्यापारबारे लेखापरीक्षक र लगानीकर्तालाई झुक्याउने गरी सबै कुरा दुरस्त जस्तो देखाए । उनले सनफ्रान्सिस्कोमा एक कार्यालय भवन भाडा र पुनर्निमाणका लागि भन्दै चालिस लाख डलर खर्च गरे ।

जेडजेडजेडजेड बेष्टले सन् १९८६ मा सर्वसाधारणमा शेयर जारी गरेर बजार पूँजीकरण २० करोड डलर भएको घोषणा गर्यो । रोचक त यो छ कि त्यसबेला कम्पनीका मालिक बेरी मिखाओ २५ बर्षका मात्र थिए, उनको कर्तुत बाहिर आएर अदालतले दोषी ठहर गरेपटि उनी २५ बर्षका लागि जेलमा थुनिए । 

सेन्टेनियल टेक्नोलोजिज ईंक काण्ड १९९६

सेन्टेनियल टेक्नोलाजिज् ईंकका प्रमुख कार्यकारी ईम्मानुयल पिनेज र उनको ब्यवस्थापनले कम्पनीलाई पीसी मेमोरी कार्ड बिक्रीबाट २० लाख डलर आम्दानी भएको बिबरण सार्वजनिक गर्यो । तर पनि कम्पनी भने लगानीकर्ताका लागि फलको टोकरी ढुवानी गरे जस्तै थियो । त्यसपछि कर्मचारीहरुले रेकर्ड तोड्ने बिक्री भएको देखाउँन अनेकौ नक्कली बिक्री कागजातहरु तयार पारे । न्ुययोर्क स्टक एक्सचेन्जमा कम्पनीको प्रतिशेयर मूल्य ५५.५० डलरबाट ४५१ प्रतिशतले बढ्यो ।

अमेरिकाको सेक्युरिटिज एण्ड एक्सचेन्ज कमिशनले सेन्टेनियलले सन् १९९४ देखि १९९६सम्मको अबधिमा आफ्नो आम्दानीलाई चार करोड डलरले अधिक मूल्यन गरेको थियो । रोचक पक्ष त यो छ कि जब कम्पनीले एक करोड २० लाख डलर खुद नाफा भएको देखाएको थियो, कम्पनीको वास्तबिक घाटा २ करोड ८० लाख थियो । जब यो कुराको पोल खुल्यो तब सेन्टेनियलको शेयर मूल्य ३ डलर भन्दा तल झर्दा २० हजार लगानीकर्ताले आफ्नो लगानी जत्तिसबै गुमाए । वाल स्ट्रिटको कुनै बेलाको एउटा आकर्षक कम्पनी यसरी समाप्त भयो ।

ब्रि - एक्स मिनरल्स काण्ड १९९७

ब्रि एक्स मिनरल्स कम्पनी क्यानाडाको राम्रो कम्पनीमा गनिन्थ्यो तर इतिहासमा सबै भन्दा ठूलो शेयर बजार ठगीको उदाहरण बन्यो। यस कम्पनीको ईण्डोनेशियन सुनचाँदीको सम्पतिको मूल्य २० करोड औस भन्दा बढी भएको र दुनियाँको सबैभन्दा धनी कम्पनी भनेर प्रचारित गरिएको थियो । यसका शेयर लिनेहरुलाई रातारात धनी बनाउँदै शेय।र मूल्य प्रतिकिक्ता २८० डलर नाघ्यो । यसको शेयर मूल्ये उचाई लिँदा बजार पूँजीकरण ४४ करोड डलर नाघेको थियो ।

कुरा यहाँ गएर खत्तम भयो कि जब ईण्डोनेशियन सुन खानी फर्जी रहेछ भन्ने पत्ता लाग्यो । त्यसपछि सो कम्पनीको शेयर मूल्य तुरुन्तै पेन्नीमा बदलियो । यसमा मुख्य गरी क्युबेक पब्लिक सेक्टर पेन्सन फण्डको ७० करोड, ओन्टारियो टिचर्स पेन्सन फण्डको एक अर्ब र ओन्टारियो नगरपालिका कर्मचारी अबकाश बोर्डको ४५ करोड डलर स्वाहा भयो ।

एनरोन काण्ड २००१ 

अब पढौं, नेपालको अरुण तेस्रो जलबिद्युत आयोजनामा समेत लगानी गर्ने भनी चर्चामा आएको एनरोन कसरी धरासायी भयो भन्ने रोचक कुरा ।

एनरोन हस्टनमा रहेको ऊर्जा व्यापार कम्पनी थियो । यो अमेरिकाको धेरै आम्दानी गर्ने मध्येमा पर्ने सातौ ठूलो कम्पनीा गनिन्थ्यो । यसले केही आफ्ना सहायक कम्पनीहरुको समेत हिसाव किताव राख्ने संदिग्ध लेखा प्रणाली अपनाएको थियो र करोडौका हिसाबहरु ब्यवस्थित रुपमा राखिएको छ, ता कि यो कम्पनी आधारभुत रुपमा स्थिर र मजबुत कम्पनी हो भन्ने कुरा लगानीकर्ता र बिश्लेषकहरुलाई भान पार्न सकियोस । एनरोनका कार्यकारीहरुले संचालन गर्ने अन्य सहायक कम्पनीहरुको हिसाव किताव पनि यसै गरी राख्न्थियो र कमाई भएको एक डलरलाई पनि कयौं पटक दोहोर्याएर देखाईन्थ्यो ।

यी कर्तुतहरुको पोल खुलेपछि एनरोनको शेयर मूल्य ९० डलरबाट ७० सेन्टमा खस्दा कयौं लगानीकर्ताहरुको होस् हवासै उड्यो । जब एनरोन धरासायी भएको खबर सर्बत्र छायो, यसले बिश्वको त्यतिबेलाको पाँचौं ठूलो लेखापरीक्षण कम्पनी आर्थर एण्डरशनलाई पनि धरासायी बनायो । यो घटनाले एनरोनका मुख्य लेखापरीक्षक डेभिड डड.कनलाई पनि नराम्ररी धरासायी बनायो र उनले श्रृंखलाबद्ध रुपमा तयार पारिएका हजारौ अबैध कागजातहरुलाई नष्ट गर्न आदेश दिए । असफल एनरोन प्रकरणले लेखा प्रणालीको क्षेत्रमा कुक द बुक्स भन्ने घर घरमा चल्ने उखानलाई फेरि चरितार्थ गर्यो । 

वल्र्डकम  काण्ड २००२ 

एनरोनको पतनपछि लेखा परीक्षणको क्षेत्रमा अर्को डरलाग्दो घटना पनि सामुन्ने आयो र यसले बिश्वमा तहल्का नै मच्चायो । त्यो थियो, वल्र्डकम  टेलिकम्युनिकेशन । यो अर्को बुक कुकिड. अर्थात करोडौ डलरको लेखापरीक्षण घोटाला सावित भयो । यसमा संचालन खर्चलाई लगानीमा देखाएर गलत रुपमा आर्थिक आँकडाहरुलाई बंग्याईएको थियो । रोचक पक्ष यो छ कि कम्पनीले कार्यालय कापी कलम र पेन्सिल जस्ता बस्तुहरु खरिदमा हुने खर्चलाई भबिष्यका लागि लगानी भन्दै बर्षौदेखि पूँजीकृत गर्दै आएको थियो ।

कम्पनीले ३८ करोड डलर रुपैयाँ बराबरका खर्चहरुलाई लगानी भन्दै पूँजीकृत गरेको प्रमाणित भयो । यस प्रकारको लेखा प्रणालीको तौर तरिकाबाट कम्पनीले नाफा देखाएर सन् २००१ मा १३ करोड खुद नाफा देखायो । वास्तबमा उसको ब्यवसाय बढ्दो रुपमा घाटामा गईरहेको थियो । यस मामिलामा कसलाई बढी घाटा भयो होला ? निश्चित रुपमा त्यसका कर्मचारीलाईः दशौ हजार कर्मचारीले जागिर गुमाए । यसका लगानीकर्ताहरुले पनि ठूलो मार खानु पर्यो । यसको शेयर मूल्य ६० डलरबाट २० सेन्टमा झर्यो । 

टेको ईन्टरनेशनल काण्ड २००२ 

वल्र्डकम काण्डले शेयरबजारका धेरै लगानीकर्तालाई झस्काई दिएर आत्मबल कमजोर भएको त्यही बेला टेको ईन्टरनेशनलका कार्यकारीहरुले सन् २००२ मा शेयर बजारका लागि अबिस्वसनीय बर्ष हुने दावी गरे । त्यस बेला टेको शेयर बजारको ब्लु चिप्स मानिन्थ्यो जसले ईलेक्ट्रोनिक, स्वास्थ्य र सुरक्षा सम्बन्धी उपकरणहरु उत्पादन गर्दथ्यो । टेकोका कार्यकारी डेनिस क्याजिवस्कीले राजीनामा गर्दा स्वीकृत नगरिएको कर्जा र जालािँचीपूर्ण रुपमा शेयर बेची रकम आफ्नो खातामा सारेको बिबरण सार्वजनिक भयो । उनी बिजिनेश विक भन्ने पत्रिकाले विश्वका २५ औं सफल ब्यवस्थापक मध्येमा बर्गीकरण गरेको ब्यक्ति थिए ।

यसपछि कम्पनीका उपल्ला अधिकारीहरु मार्क स्वार्ज र मार्क बेलनिकले सुन्य ब्याज दरमा १७ करोड डलर कर्जा स्वीकृत नै नगराई प्राप्त गरेको खुलासा भयो । कोजिवस्की र बेलनिकले ७५ लाख कित्ता शेयरहरु ४५ करोड डलरमा बेचेको कुरा पनि खुल्यो । यो रकम कार्यकारीहरुको बोनस वा आम्दानीको रुपमा कम्पनीबाट बाहिरिएको थियो । कोजिवस्कीले यो रकम आफ्नो जीवनशैलीलाई बिलासी बनाउन, आलिशान भवनहरु किन्न,६ हजार डलरको नुहाउने शावर बनाउन र श्रीमतिको जन्मदिन मनाउन २० लाख डलर खर्च गरेर सिध्यायो । एकपछि अर्को गर्दै यी काण्डहरु बाहिर आउन थालेपछि ६ साताको अवधिमा टेकोको शेयर मूल्य ८० प्रतिशतसम्म तल झर्यो । कम्पनी धरासायी भएपछि पुख्य कार्यकारी बिरुद्ध अदालतमा मुद्धा पर्यो । पहिलो सुनुवाइृमा उनी महिनावारी भएको बहाना पारी उपस्थित भईनन् । दोस्रो सुनुवाईपछि २५ बर्षको जेल तोकियो । 

हेल्थ साउथ काण्ड २००३ 

ठूला कम्पनीहरुको लेखा परीक्षण गर्नु निकै कठिन काम हो । त्यसमा पनि कम्पनीका मालिक वा प्रमुख कार्यकारीले झुटा कुरालाई साँचो जस्तै बनाउन आदेश दिए भने त्यसले झन् बर्बाद पार्छ । सन् १९९० को सुरु तिर हेल्थसाउथ कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी रिचार्ड सेक्युस्येले कम्पनीको आयलाई बढाएर नाफा बढी भएको देखाउन कर्मचारीहरुलाई आदेश दिए । त्यतिबेला यो कम्पनी अमेरिकाको एक नम्बर स्वास्थ्य सेवा प्रदायक कम्पनीमा गनिएको थियो र चम्किदो ब्यापार तथा बढ्दो आम्दानीले गर्दा अरु कम्पनीहरुलाई पनि धमाधम आफुमा गाभ्दै थियो । यो कम्पनी पहिलोपल्ट सन् २००२ मा सामान्य समस्यामा परेको संकेत देखियो जब यसले ७ करोड ५० लाख डलर बराबरको शेयर बेच्यो । त्यसपछि कम्पनी घाटामा गएको बिबरण सार्र्वजनिक भयो । लेखापरीक्षण गर्ने कम्पनीले शेयर बेचेका कारण कम्पनी घाटामा नगएको निष्कर्ष निकाल्दै लगानीकर्ताहरुलाई सतर्क गराउनुपर्ने सुझाव दियो ।

मार्च २००३ मा मात्र कम्पनीमा भएको गलत कृयाकलापको भण्डाफोर भयो । सेक्युरिटिज एण्ड एक्सचेन्ज कमिशनले कम्पनीको नाफा १४ करोड डलर बढी देखाईएको पत्ता लगायो । अमेरिकी गुप्तचर संस्था एफबीआईमा काम गर्ने विलियम्स आउन्जले कम्पनीका कार्यकारी सेक्युस्येको आवाज टेप गर्दा यो पोल खुल्यो । त्यसपछि यस कम्पनीको शेयर मूल्य २० डलरबाट एकैदिन ४५ सेन्टमा खस्यो । कम्पनीका प्रमुख कार्यकारीमाथि ३६ वटा अभियोग लाग्यो, अन्त्यमा उनले घुसखोरी गरेको स्वीकार गदै भने, अस्पताल अनुगमन बोर्डको एक पद पाउन पाँच लाख डलर दिएको हुँ । 

बर्नाड मुडोफ काण्ड २००८ 

सामान्य लगानीकर्ताले शेयर बजारमा बदमासी गर्ने संभावना कम हुन्छ, जत्ति जाने बुझेका र पहुँचवाला मान्छेहरुले गर्छन । अमेरिकी शेयर बजारमा यस्ता पहुँचवालाहरुले पनि ठगी गरेको उदाहरण छ, जसलाई सामान्य अबस्थामा पत्याउन कठिन हुन्छ । नास्डाकका पूर्व अध्यक्ष तथा बजार निर्माता बर्नाड एल मुडोफ ईृन्भेष्टमेन्ट सेक्युरिटिजका संस्थापक बर्नाड मुडोफ आफ्ना दुई छोरासहित ७० बर्षको उमेरमा पक्राउ परे । सन् २००८ को सेप्टृेम्बर ११ मा पक्राउ परेका उनीमाथि पोन्जी स्किम संचालन गरेको आरोप लागेको थियो । अरुबाट रकम संकलन गरेर लगानीकर्ताहरुलाई उपलब्ध गराउने यस्तो योजनामा उनले वास्तविक घाटा लुकाउने प्रयास गरेका थिए । १५ बर्षसम्मको योजनामा हरेक बर्षजस्तो ११ प्रतिशतको दरले नाफा प्राप्त भएको थियो । यस्तो फण्ड शेयर बजारको अस्वभाविक घटबढ भोलाटाईलिटी रोक्न प्रयोग गरिन्छ । यस्तो रकम पाँच अर्ब डलरसम्मको थियो भन्ने अनमान लगाईयो ।

के यसलाई रोक्न सकिन्छ ? 

यस्ता कुराहरु सामान्य लगानीकर्ताहरुले त्यतिखेर थाहा पाउँछन् जब कम्पनी धरासायी भएर सबै कुरा भण्डाफोर हुन्छ । जब साधारण लगानीकर्ताले थाहा पाउँछन्, त्यतिखेर ढिलो भईसकेको हुन्छ । जसले गल्ती गरेका हुन्छन् उनीहरुले त बर्षौ लामो जेल जीबन बिताउनु पर्छ नै तर जसले लगानी गरेका हुन्छन्, उनीहरुको धेरै रकम गुमिसकेको हुन्छ । यस्ता काण्डका सुत्रधारहरुले जीवनभरिलाई पुग्ने फोहरको डंगुर थुपारेका मात्रै हुन्नन् हजारौको भाग्य र भबिष्य पनि समाप्त पारेका हुन्छन् । अमेरिकाको सेक्युरिटिज एण्ड एक्सचेन्ज कमिशनले लगानीकर्ताहरुलाई सुरक्षित पार्न र यस्ता घटनाहरु फेरि नदोहोरिउन भनेर धेरै कडा प्रावधानहरु लागु गरेको छ । तर पनि उत्तर अमरिकाका हजारौ कम्पनीहरु यस्ता घटनाहरु नदोहोर्याउन लगभग असंभव जस्तै देखिन्छन् । 

लिनुपर्ने शिक्षाः मुख्य कुरो 

यी घटनाहरु पढेर तपाइँले चाँही के सिक्नुभयो ? हो, वास्तबमै लगानी गर्दा सधै होसियारी अपनाउनुपर्छ र एउटा मात्र कम्पनीमा हैन पोर्टफोलियो बनाएर फरक फरक कम्पनीमा लगानी गर्नुपर्छ । निष्कर्ष हो-डाईभर्सिफाई, डाईभर्सिफाई, डाईभर्सिफाई । ब्यवस्थित रुपमा डाईभर्सिफाई गरिएको पोर्टफोलियो अनुसार लगानी गर्नुभयो भने यस्ता घटनाहरु तपाइँको जीवनमा पनि दोहोरिने छैनन् । 

ईन्भेष्टोपेडियाबाट भाबानुवादसहित  

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

...............................................................................................................................................................

 १५ करोडको साधारण शेयर निष्कासन गर्ने सीईडीबी हाइड्रोको तयारीे,कसुवाखोला आयोजनाको अध्ययन सुरु

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।