नेपाल टेलिकमको मुनाफा बढ्यो, खर्च अनुपातमा पनि वृद्धि

Nov 15, 2015 Mero Lagani

नेपाल टेलिकम (NTC) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा गत आर्थिक वर्षको भन्दा धेरै मुनाफा कमाएको छ । टेलिकमले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक विवरण अनुसार उसले १० अर्ब ५२ करोड रुपैंया भन्दा बढी आम्दानी गरेको छ ।

टेलिकमले पहिलो त्रैमासमा सेवा बिक्रि गरेर मात्र ९ अर्ब ४६ करोड रुपैंया आम्दानी गरेको छ । त्यसै गरि अन्य शिर्षकमा कम्पनीले १ अर्ब ६ करोड रुपैंया आम्दानी गरेको हो ।

पहिलो त्रैमासमा ३ अर्ब ३१ करोड रुपैंया खुद नाफा कमाएको टेलिकमले गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब २३ करोड रुपैंया खुख कमाएको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा टेलिकमको खुद नाफा ८ करोड रुपैंयाले बढेको हो ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा टेलिकमले १० अर्ब १० करोड रुपैंया आम्दानी गरेकोमा यस पटक ४२ करोड रुपैंया भन्दा बढी आम्दानी बढाएर १० अर्ब ५२ करोड रुपैंया पुगेको हो ।

टेलिकमले गत आर्थिक वर्षको तुलनामा खुद नाफामा वृद्धि गरेकोमा खर्च पनि त्यसै गरि बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासको अनुपातमा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा टेलिकमको खर्च मात्र ४५ करोड रुपैंयाले बढेको छ । गत आर्थिक वर्षको उक्त अवधिमा ५ अर्ब ७६ करोड रुपैंया खर्च गरेको टेलिकमले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६ अर्ब ११ करोड रुपैंंया खर्च गरेको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अवधिमा टेलिकमले १३ अर्ब ८७ करोड रुपैंया खुद नाफा कमाएको थियो । गत मंगलबार टेलिकमको प्रतिकित्ता शेयर ६ सय ४७ रुपैंयामा किनबेच भएको छ ।

.....................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक र ट्वीटर मार्फत पनि पाउन सक्नुहुन्छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।