२४ करोड ३० लाख चुक्ता पुँजी भएको बरुण हाइड्रोपावर कम्पनीको संचालन मुनाफा २ करोड ९५ लाख रुपैयाँबाट ३४ लाखमा सिमित भएको छ । संचालन नाफामा आएको भारि गिरावटले कम्पनीको नाफा प्रभावित भएको हो ।
गत जेठमा हेवा खोलामा आएको बाढी र पहिरोले आयोजना प्रभावित भएपछि संचालन खर्च बढेको हो ।
गत आर्थिक बर्षको पहिलो त्रैमासमा विद्युत बिक्रीबाट ३ करोड ५३ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले चालु बर्षको यो अवधिमा विद्युत बिक्रीबाट कुनै पनि आम्दानी लिन नसक्दा कम्पनीले ठूलो घाटा व्योहोर्नु परेको हो ।
कम्पनीको प्रति शेयर नेटवर्थ ८९ दशमलव ०१ रुपैयाँ रहेको छ भने तरलता अनुपात शुन्य दशमलव ८८ गुणा र प्रति शेयर कुल सम्पत्तिको मुल्य २ सय ११ दशमलव ७३ रुपैयाँ रहेको छ । कम्पनीको अन्तिम शेयर मुल्य ३ सय ४ रुपैयाँ रहेको छ ।
वरुण हाइड्रो संखुवासभा जिल्लाकै सबैभन्दा ठुलो जलविद्युत आयोजना हो । यो ४.५ मेगावाट क्षमताको छ । कम्पनीले विद्युत बिक्रीबाट मात्र मासिक एक करोड बिस लाख रुपैयाँ आम्दानी गर्दे आएको थियो ।
.....................................................................................................................................................................
तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।