ललितपुरबासीका लागि पहिलो पटक खानीखोला जलविद्युत आयोजनाको साधारण शेयर निष्काशन, छिटोमा मंसिर २३ गते निष्काशन बन्द हुने

Nov 25, 2015 Mero Lagani

खानीखोला हाईड्रोपावरले ललितपुर जिल्लाको आयोजना प्रभावित गाउँ भट्टेडाडा, ईकुडोल र संखु गाउँ बिकास समितिका बासिन्दाका लागि ४ लाख ६५ हजार कित्ता साधारण शेयर निश्काशन गरेको छ । दुई साना आयोजनाबाट ६ मेगावाट बिजुली उत्पादन गर्ने गरी निर्माण कार्य संचालन गरिरहेको कम्पनीले प्रतिकित्ता सय रुपैंयाका दरले साधारण शेयर निष्काशन गरेको हो ।

४६ करोड ५७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले प्रभावित गाउँबासीका लागि पहिलो चरणमा मंसिर ९ गते देखि शेयर निश्काशनको आब्हानपत्र जारी गरेको हो । स्थानीयबासीले न्युनतम १० कित्ता अर्थात एक हजार रुपैयाँदेखि १० हजार कित्ता अर्थात १० लाख रुपैैयाँसम्म आबेदन गर्नसक्नेछन् । ५० हजार रुपैयाँ भन्दा माथिको रकम लगानीका लागि एकाउन्टपेयी चेक अनिबार्य गरिएको छ ।

जारी गरिए जत्ति शेयर बिक्रीको आबेदन परेमा मंसिर २३ गते नै शेयर आबेदन लिन बन्द गरिने छ भने माग बमोजिमका आबेदन परेन भने पुस १४ गतेसम्म आबेदन खुल्ला हुनेछ । आबेदनकर्ताहरुले खानीखोलाको कार्यालय, ईकुडोल र बिभोर बिकास बैंकको शाखा कार्यालय टीकाभैरबमा आबेदन पत्र प्राप्त गर्ने र बुझाउनसक्ने ब्यवस्था गरिएको छ । कम्पनीका मुख्य संस्थापक लगानीकर्ताहरुमा पशुपति ईनर्जी, बैदिक हाईड्रो, प्रभु बैंक, मिदास भट्टचन र स्वच्छ ईन्भेष्टमेन्ट रहेका छन् । प्रबद्र्धकहरुमा प्रभु समूहको बाहुल्यता देखिन्छ ।

आयोजनाले खानीखोलाबाट २ मेगावाट र टुंगुन ठोस्नेखोलाबाट ४.३६ मेगावाटा बिजुली उत्पादन गर्ने गरी आयोजना बनाईरहेको छ ।

अन्य जिल्लाबासीले जलबिद्युतको शेयरमा लगानीको अबसर धेरै अगाडि पाएको भए पनि ललितपुर जिल्लाबासीका लागि यो पहिलो अबसर हो । नेपालमा उर्जाको चरम अभाव रहेको बेला खानीखोला जलबिद्यतुतमा लगानी गर्नेले भबिष्यमा राम्रो प्रतिफल पाउनसक्ने अपेक्षा गरिएको छ । कम्पनी २०७४।०७५ सालमा गएर नाफामा जाने र लगानीकर्तालाई केही लाभांश बाड्नसक्ने अबस्थामा पुग्ने आँकलन गरिएको छ ।

...................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।