एनएलजी इन्स्योरेन्सले कमायो ३ करोड १२ लाख

Nov 26, 2015 Mero Lagani

निजि क्षेत्रको निर्जीवन बीमा कम्पनी एनएलजी इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड १२ लाख रुपैंया खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा कम्पनीले १ करोड ४ लाख रुपैंया बढी खुद नाफा कमाएको हो ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा एनएलजीले २ करोड ७ लाख रुपैंया खुद नाफा कमाएको थियो । ३४ करोड रुपैंया चुक्ता पूँजी भएको कम्पनीले ११ करोड ५८ लाख रुपैयाँको जगेडा कोष खडा गरेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा इन्स्योरेन्सले १३ करोड ७२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ८ करोड ९९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थियो । कम्पनीले यस अबधिमा ४ करोड ४२ लाख रुपैयाँ बराबरको बीमा दाबी भुक्तान् गरेको छ ।

प्रति शेयर आम्दानी ३६ रुपैंया ५८ पैसा रहेको इन्स्योरेन्सको प्रति शेयर नेटवर्थ २ सय ४८ रुपैंया ५६ पैसा, तरलता अनुपात १ दशमलब ४५ प्रतिशत र मुल्य आम्दानी अनुपात १९ दशमलब ४४ प्रतिशत रहेको छ ।

....................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।