१७ प्रतिशत लाभांश बाड्ने जेबिल्स फाइनान्सको प्रस्ताव

Dec 06, 2015 Mero Lagani

जेबिल्स फाइनान्स लिमिटेड (JEFL) ले आफ्ना शेयरधनीलाई करिब १७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको १०८ औ बोर्ड बैठकले १६.७५ प्रतिशत बोनस सेयर तथा ०.८८१६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।



कम्पनीले गतबर्षको नाफाबाट उक्त लाभांश प्रस्ताव गरेको हो । गत आर्थिक बर्षमा कम्पनीले चार करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । प्रस्तावीत लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात बार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीलाई वितरण गरिनेछ ।

अहिले कम्पनीको चुक्ता पुँजी २० करोड रुपैयाँ छ । वोनस सेयर वितरणपछि पुँजी २३ करोड ३५ लाख रुपैयाँ पुग्ने छ ।

....................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।