१ अर्ब ८८ करोड ६४ लाख ५४ हजार रुपैयाँ चुक्ता पूँजी भएको रिजेन्सी होटलले गत आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ३ करोड ९९ लाख रुपैंया कमाएको थियो । चालु आर्थिक वर्षमा होटलको खुद नाफामा १ करोड ८९ लाख रुपैंयाले गिरावट आएको हो ।
समिक्षा अवधिमा होटलको अन्य व्यवशायबाट हुने आम्दानी शिर्षकमा मात्र झण्डै ८० लाख रुपैंयाको गिरावट आएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ३८ लाख रुपैंया रहेको अन्य व्यवशायको आम्दानी यस पटक १ करोड ५७ लाख रुपैंयामा सिमित भएको छ ।
२ अर्ब १६ करोड ७७ लाख रुपैंया खुद स्थिर सम्पत्ति रहेको होटलको चालु सम्पति ४२ करोड ९० लाख रुपैंया रहेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ७ करोड ३१ लाख रुपैंया सञ्चालन नोक्सान रहेकोमा यस पटक भने त्यसमा सामान्य सुधार गरि होटलले सञ्चालन नोक्सान ६ करोड ८६ लाख रुपैंयामा झारेको छ ।
प्रतिशेयर आम्दानी ५९ पैसा मात्र रहेको होटलको प्रतिशेयर नेटवर्थ ९४ रुपैंया ६ पैसाँ, मुल्य आम्दानीको अनुपात ४ सय १ गुणा र तरलता अनुपात शुन्य दशमलव ६७ प्रतिशत रहेको छ । प्रतिशेयर कुल सम्पतिको मुल्य १ सय ३७ रुपैंया ६४ पैसा रहेको होटलको प्रति कित्ता शेयर २ सय ३५ रुपैंयामा किनबेच भैरहेको छ ।
.....................................................................................................................................................................
तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।