२२ प्रतिशत लाभांश बाड्ने गौमुखी विकास बैंकको प्रस्ताव , शाइन रेसुङ्गासंग गाभिदै

Dec 09, 2015 Mero Lagani

गौमुखी विकास बैंक लिमिटेड (GABL) ले २२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।कम्पनीको हालै बसेको बोर्ड बैठकले गत आर्थिक बर्षको मुनाफाबाट २१ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले गत आर्थिक बर्षमा एक करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।  प्रस्तावीत लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात बार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीलाई वितरण गरिनेछ । प्युठान एक जिल्ला मात्र कार्यक्षेत्र भएको गौमुखी विकास बैंकको चुक्ता पूँजी ६ करोड १७ लाख ७६ हजार रुपैयाँ रहेको छ । बोनस शेयरपश्चात बैंकको चुक्तापूँजी ७ करोड ५४ लाख रुपैयाँ पुग्नेछ ।

गत असोजमा बैंकले १ करोड ६८ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गरेको थियो ।

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकसंग मर्ज हुदै

यो बैंकले शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक (SHINE) संग मर्जरको लागि सम्झौता समेत गरिसकेको छ । चुक्ता पूँजी ६३ करोड ३३ लाख रुपैयाँ रहेको शाइन रेसुङ्गाले आर्थिक बर्ष को नाफाबाट २०७१/०७२ मा २७ प्रतिशत बोनश सेयर र  कर प्रयोजनका लागी १.४२ प्रतिशत नगद लाभांश वितरणका लागि प्रस्ताव गरेको छ । सो पश्चात बैंकको चुक्ता पुँजी ८० करोड ४३ लाख हुनेछ ।

ड्यू डेलिजेन्स अडिट (डिडिए) पश्चात नेटवर्थ समेतको आधारमा सेयर आदानप्रदान (स्वाप) रेसियो निर्धारण गरिनेछ । मर्जर पश्चात बैंकको नाम शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक हुनेछ । मर्जर पश्चात निक्षेप ७ अर्व ६ करोड र कर्जा लगानी ६ अर्व ५ करोड पुग्नेछ भने केन्द्रीय कार्यालय, कर्पोरेट कार्यालय, सहित २१ वटा शाखा कार्यालय र २ वटा एक्सटेन्सन कार्यालय हुनेछन् ।

 

....................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।