हाल बैंकको चुक्ता पूँजी ३३ करोड २८ लाख रुपैंया रहेको छ । बैंक सञ्चालक समितिको गत मंसिर २७ गते बसेको बैठकले शेयरधनीलाई ७ दशमलव २५ प्रतिशत बोनस शेयर तथा शुन्य दशमलव ३८१ प्रतिशत नगद लभांस बितरणको प्रस्ताव गरिसकेको छ । बोनस शेयर बितरण पश्चात कम्पनीको चुक्ता पूँजी ३५ करोड ५० लाख रुपैंया पुग्ने छ ।
यसै गरि सेवा विकास बैंक र मितेरी डेभलपेमेण्ट बैंकले संस्थाक र साधारण शेयरको अनुपात ५१ अनुपात ४९ बनाएका छन् ।
सेवा विकास बैंक (SEWA) ले ३ लाख ३२ हजार ५ सय ७६ कित्ता संस्थापक शेयरलाई साधारण शेयरमा रुपान्तरण गरेको हो । बैंकको चुक्ता पुँजी ३६ करोड रुपैयाँ रहेको छ । कम्पनीले गत आर्थिक वर्षको अन्तिम त्रैमासमा ७ करोड ५० लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
मितेरी डेभलपमेन्ट बैंक (MDB) ले पनि आफ्नो शेयर स्वामित्व परिवर्तन गर्ने क्रममा ३ लाख ८ हजार ७ सय ५६ कित्ता संस्थापक शेयरलाई साधारण शेयरमा रुपान्तरण गरेको छ । सुनसरीको धरानमा मुख्य कार्यालय रहेको बैंकको चुक्ता पुँजी १६ करोड रुपैयाँ रहेको छ । बैंकले गत आर्थिक वर्षमा ६ करोड ४५ लख रुपैयाँ खुद नाफा कमाएको थियो ।
.................................................................................................................................................................
तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक र ट्वीटर मार्फत पनि पाउन सक्नुहुन्छ ।