बिजनेश युनिभर्सलको लाभांश पारित,चुक्ता पुँजी १ अर्व ५ करोड ६१ लाख

Dec 20, 2015 Mero Lagani

बिजनेश युनिभर्सल डेभलपमेण्ट बैंक लिमिटेड BUDBL) को साढे १३ प्रतिशत लाभांश पारित गरेको छ । बैंकले चुक्ता पुँजीको १३ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनकोलागि ०.६८ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव साधारणसभामा लगेको थियो ।

बैंकको काठमाडौमा सम्पन्न बाह्रांैै वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो । हाल बैंकको चुक्ता पुँजी रु. ९३ करोड ४६ लाख ९० हजार रहेकोमा, साधारण सभाबाट उक्त प्रस्ताव पारित पश्चात् बैंकको चुक्ता पुँजी रु. १ अर्व ५ करोड ६१ लाख ९९ हजार पुगेको प्रमुख कार्यकारी अधिकृत मनोहर केसीले जानकारी दिए । 

बैकको आ.व. २०७१/७२ मा सञ्चालन मुनाफा रु. २४ करोड ४४ लाख रहेको छ । बैंकले २०७२ असोज मसान्त सम्ममा रु. ६ अर्व ५९ करोड निक्षेप संकलन गरि रु. ५ अर्व ५८ करोड विभीन्न क्षेत्रमा कर्जा प्रवाह गरेको छ ।

काठमाण्डौको अनामनगरमा प्रधान कार्यालय सहित १३ वटा शाखा कार्यालयहरु देशका विभिन्न स्थानमा संचालनमा रहेका छन् । बैंकले ग्राहकहरुलाई समय सापेक्ष आधुनिक बैंकिङ्गका सेवा सुविधाहरु ए.टि.एम. सेवा, ईन्टरनेट बैंकिङ्ग सेवा, निःशुल्क ए.वि.वि.एस. सेवा, मोवाईल बैंकिङ्ग सेवा, एस.एम.एस. बैंकिङ्ग तथा लकर सेवा प्रदान गर्दै आएको छ ।

 

सहमतिको एक महिना नपुग्देै फेवा र बिजनेस युनिभर्सलको किन टुट्यो मर्जर प्रक्रिया ?

विजनेश बढाउँदै विजनेश युनिभर्सल, संचालन नाफा २०८ प्रतिशतले बढायो

बिजनेश युनिभर्सलको १३ औं शाखा पोखरा, पस्र्याङ्गमा, १३ प्रतिशत बोनश दिदै

 

.................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक र ट्वीटर मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।