यसका साथै क्यापिटलले ग्लोबल आइएमई क्यापिटल तथा ग्लोबल आइएमई बैंकहरुमा डिम्याट खाता खालेका शेयरधनीहरुलाई निश्चित शुल्क तिरेर घरमै बसी बसी शेयर डिम्याट गर्न सक्ने से पनि सुरु गरिएको जनाएको छ ।
क्यापिटलद्धारा जारी विज्ञप्तीमा भनिएको छ ‘शेयरधनी महानुभावहरुको डिम्याट खाता सहज ढंगले खोल्ने प्रयोजनको लागी अनलाइन मार्फत आफ्नै घर तथा कार्यालय परीसरबाट डिम्याट (हितग्राही) खाता खोल्न सकिने योजना संचालनमा ल्याएको व्यहोरा सहर्ष जानकारी गराउंदछौं ।
साथै ग्लोबल आइएमई क्यापीटल लिमिटेड तथा ग्लोवल आइएमई बैंकका शाखावाट समेत खाता खोल्नुभएका काठमाण्डौ उपत्यका भित्रका हितग्राही खाताधारकहरुले निश्चित शुल्क भुक्तानी गरी आफ्नै घर तथा कार्यालय परीसरबाटै शेयर अभौतिकरण गर्न सक्ने व्यहोरा समेत जानकारी गराउंदछौं।’
यसका लागि ग्लोबल आइएमई क्यापिटलको वेवसाइट मार्फत प्रकृया अघि बढाउनु पर्ने हुन्छ । क्यापिटलको वेवसाइटमा जानका लागि यहाँ क्लिक गर्नु होस् । यस सम्बन्धमा कुनै समस्या भएमा ९८१०३६८९६४ मा सम्पर्क गर्न सकिने क्यापिटलले जनाएको छ ।
....................................................................................................................................................................
तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।