छिमेक लघुवित्तको ४० प्रतिशत बोनस पारित

Jan 01, 2016 Mero Lagani

छिमेक लघुवित्त विकास बैंक लिमिटेड (CBBL) को प्रस्ताव गरेको लाभांश पारित भएको छ । हेटौंडामा सम्पन्न बैंकको १४ औं वार्षिक साधरणसाले सेयरधनीहरुलाई चुक्तापुँजीको ४० प्रतिशत बोनस सेयर र १२.७० प्रतिशत नगद लाभांश दिने प्रस्तावलाई पारित गरेको हो । बैंकले गत आर्थिक बर्षमा २८ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बोनश शेयर वितरण पश्चात बैंकको चुक्तापुँजी ४२ करोड ५५ लाख रुपैयाँ पुग्नेछ ।  साथै बैंकको अधिकृत पुँजी ५० करोड रुपैयाँबाट वृद्धि गरी १ अर्ब रुपैयाँ पु¥याउनका लागि पनि सोहि साधरणसभाले स्वीकृति दिएको छ । बैंकले चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा ५ अर्ब ३६ करोड रुपैयाँ निक्षेप संकलन गरी ८ अर्ब २१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बैंकको ४७ वटा जिल्लाका कुल ८८ वटा शाखा मध्ये ५५ वटा शाखाले निक्षेप संकलन पनि गर्दै आएका छन् । बैंकले कर्जा प्रवाहसंगै आफ्ना सदस्यहरुलाई विभिन्न सिपमुलक तालिमहरु पनि प्रदान गर्दै आएको छ । यस्तै बैंकले आफ्ना सदस्यहरुले उत्पादन गरेका सामानहरुको बजार व्यवस्थापनका लागि ३ करोड रुपैयाँ चुक्तापुँजीको छिमेक बजार व्यवस्था कम्पनि लिमिटेड संचालन गर्दै आइरहेको छ ।

यस छिमेक लघुवित्त विकास बैंकले चालु आर्थिक वर्षमा थप ५ शाखा विस्तार गर्ने र २ लाख ६२ हजार ८ सय १३ जना रहेको सदस्य संख्यालाई बढाएर २ लाख ७१ हजार ६८ पु¥याउने जनाएको छ ।

.....................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक र ट्वीटर मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।