फेवासँग सम्बन्ध तोडेको विजनेश युनिभर्सल सिद्धार्थमा गाभिने, नेप्सेमा कारोबार रोकिने वाणिज्य बैंकको संख्या नौ पुग्यो

Jan 07, 2016 Mero Lagani

पुँजीपवृद्धि योजनामा पछि परेको सिद्धार्थ बैंक (SBL)ले मर्जरका लागी विजनेश युनिर्भसल बैंक (BUDBL) सँग सम्झौता गरेको छ । लुम्बिनी बैंकसँग कुरा चलाएर फेवा विकास बैंकसँग मर्जरको सहमति गरेको विजनेश युनिर्भसल डेढ महिनापछि फेवासँगको सहमति टुटेपछि सिद्धार्थ बैंकसँग गाभिने भएको हो । सिद्धार्थ बैंक र विजनेश युनिभर्सल मर्जरमा जाने भएपछि नेप्सेमा कारोबार रोकिने वाणिज्य बैंकको संख्या नौ पुगेको छ ।

चुक्ता पूँजी बृद्धि गर्ने राष्ट्र बैंकको नीति अनुसार मर्जमा जान लागेका हुन । यी दुई बैंक गाभिएर बन्ने नयाँ बैंकको चुक्तापूँजी  ३ अर्ब ४९ करोड पुग्नेछ ।  यी दुई बैंक गाभिएपछि बन्ने नयाँ बैंकले आगामी २ बर्षमा थप साढे चार अर्ब रुपैयाँ चुक्तापुँजी बढाउनु पर्ने देखिन्छ । 

सिद्धार्थ बैंकको चुक्तापूँजी २ अर्ब ४३ करोड ७४ लाख रुपैयाँ रहेको छ । सिद्धार्थले गतबर्षको मुनाफाबाट २० प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरिसकेको छ । यो सँगै सिद्धार्थको चुक्तापूँजी २ अर्ब ९२ करोड ४८ लाख रुपैयाँ पुगेको छ । बैंकले गतबर्ष ७६ करोड ३७ लाख रुपैयाँँ नाफा कमाएको थियो

त्यस्तै विजनेश युनिर्भसलको चुक्ता पुँजी रु. १ अर्व ५ करोड ६१ लाख रुपैयाँ रहेको छ । यो बैंकले गतबर्षको मुनाफाबाट १३ प्रतिशत बोनश शेयर वितरण गरेको थियो ।

सिद्धार्थ बैंक पनि मर्जरमा जाने भएपछि मर्जरमा जाने वाणिज्य बैंकको संख्या नौ पुगेको छ । यसअधि माछापुच्छे्रले जनता बैंकसँग, एनसीसीले इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक, इन्टरनेसनल डेभलपमेन्ट बैंक र सुप्रिम डेभलपमेन्ट लगायतका चार वटा वित्तीय संस्थासँथ गाभ्ने सम्झौता गरेको छ ।

त्यस्तै बैंक अफ काठमाडौ र लुम्बिनी बैंकले एक आपसमा गाभिने सम्झौता गरेका छन् ।

बैंक तथा वित्तीय संस्थाहरुलाई २०७४ असार मसान्तसम्म राष्ट्र बैंकले तोकेको न्यूनत्म चुक्तापुँजी बृद्धि गनुपर्नै दवाव छ । राष्ट्र बैंकले आगामी दुई बर्ष्िभत्र बाणिज्य बैंकलाई आठ अर्ब, राष्ट्रियस्तरको विकास बैंकलाई दुई अर्ब ५० करोड र फाइनान्स कम्पनीलाई ८० करोड पुँजी पुर्याउन निर्देशन दिइसकेको छ ।

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।