उत्सवको एक भागको रुपमा, नेपालका प्रसिद्ध कलाकार तथा खानाका पारखी श्रृष्टि श्रेष्ठ र प्रियंका कार्की विभिन्न आउटलेटहरु भ्रमण गरि स्वादिलो मःमः र कोका–कोलाको मज्जा लिनेछन् ।
कोका–कोला र खाना विश्वको परम्परा र दैनिक लाखौ ग्राहकहरुलाई मन पर्ने कम्बो पनि हो । संसारभरि मानिसहरु विभिन्न किसिमको खानाको आनन्द रिफ्रेशिङ्ग कोका–कोला संग लिन्छन् । विश्वरुपि यस परम्परालाई नेपालमा पनि निरन्तरता दिंदै यसको नाम जस्तै, मानिसहरुलाई विभिन्न्न किसिमको मःमः का साथ कोका–कोलाको एउटा नयाँ अनुभव गराउने मःम अभियान भएको कम्पनीले जनाएको छ ।
यो अनुभवलाई अझै रमाईलो बनाउन, कोका–कोलाले ग्राहकहरुको लागि फेसबुकमा प्रतिश्पर्धा आयोजना गर्ने छ, जसमा ग्राहकले कोका–कोला र मःम संग आफ्नो सेल्फि खिचि #Cokeandmomo का साथ Facebook मा अपलोड गर्नुपर्नेछ र सबैभन्दा उत्कृष्ट पिक्चर छानिएका विजेताहरुले विशेष गिफ्ट भौचर जित्न सक्नेछन् र आउटलेटमा गई आफ्नो परिवार र साथीहरुसंग स्वादिलो मःम का साथ कोका–कोलाको मज्जा लिन सक्नेछन् ।
नेपालका लागि कोका–कोलाका कन्ट्रि डाईरेक्टर आलोक कोहलीले भने, कोक र खानासंगै मीठौ हुन्छ, त्यसैले नेपालमा कोका–कोलाको साथ विभिन्न प्रकारको मःम ,उत्सवको रुपमा ल्याउनु भन्दा उचित के हुन सक्छ र ?
श्रृष्टि श्रेष्ठ र प्रियंका कार्की मोःमोत्सवको बारेमा उत्साहीत छन् र मःम को मज्जा लिन ब्रेक लिंदै छन्, परिवार र साथीहरुले पनि ब्रेक लिएर मोःमोत्सवमा सहभागी हुनेछन् भन्ने कुरामा म आशावादी छु । कोका–कोला संगै हामी नेपालभरि नयाँ र रोमाञ्चक मौकाहरु सधै ल्याउने छौं ।
कोका–कोला मोःमोत्सव काठमाडौँका विभिन्न रेस्टुरेन्टहरुमा सञ्चालन हुन गईरहेको छ ।
..................................................................................................................................................................
तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।