ज्योति र हाम्रो विकास बैंकसँगको मर्जरमा झिमरुक पनि थपियो, चुक्तापूँजी एक अर्ब १५ करोड पुग्ने

Jan 27, 2016 Mero Lagani

ज्योति विकास बैंक(JBBL) , हाम्रो विकास बैंक (HAMRO)  र झिमरुक विकास बैंक (JHBL) एक आपसमा गाभिने भएका छन् । यसअघिनै मर्जर प्रक्रियामा गईसकेको ज्योति र हाम्रो विकास बैंकमा झिमरुक विकास बैंक थपिएको हो । यी तीन बैंक गाभिएपछि बन्ने नयाँ बैंकको चुक्तापूँजी एक अर्ब १५ करोड रुपैयाँ पुग्नेछ ।

ज्योति विकास बैंक र हाम्रो विकास बैंकले झण्डै २ महिना अगाडि मर्जर सम्बन्धी सम्झौता गरेका थिए ।अब यी दुई बैंकको मर्जर प्रक्रियामा झिमरुक पनि थपिएको छ ।

चैत्त मसान्तसम्ममा मर्जर पुरागर्ने र आगामी वैशाखबाट एकिकृत कारोबार थाल्ने योजना रहेको ज्योति विकास बैंकका कम्पनी सचिव मदन कुमार महतले मेरो लगानीलाई जानकारी दिए ।

स्वाप रेसियो डिडिए रिर्पोटका आधारमा तय गरिने भएपनि अहिले एक बराबर एक को आधारमानै गणना गरिएको महतले बताए । यी तीन बैंक गाभिएपछि नयाँ बन्ने बैंकको चुक्तापूँजी एक अर्ब १५ करोड नाघ्नेछ । मर्जरपछि नयाँ बन्ने बैंक पनि ज्योति विकास बैंककै नामबाट संचालनमा आउनेछ् ।

 

चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार ज्योति विकास बैंकको ९२ करोड ३४ लाख, हाम्रो विकास बैंकको १२ करोड १४ लाख झिमरुकको चार करोड ८५ लाख रुपैयाँ चुत्तापुँजी रहेको छ ।

गतआर्थिक बर्षको मुनाफाबाट ज्योति विकास बैंकले ९ प्रतिशत, हाम्रो विकास बैंकले १५ प्रतिशत र झिमरुकले २२ प्रतिशत बोनश प्रस्ताव गरेको छन् ।

मर्जर पश्चात बन्ने नयाँ बैंकको ३३ शाखा तथा २ एक्सटेन्शन काउण्टर हुनेछन् ।

.....................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।