निर्धन उत्थान, भार्गव विकास र सहयोगी विकास बैंकमा कसको प्रगति कस्तो ?

Feb 01, 2016 Mero Lagani

यो आर्थिक वर्षको दोस्रो त्रैमासमा निर्धन उत्थान बैंक लिमिटेड (NUBL) को खुद नाफा झण्डै १५ प्रतिशतले वृद्धि भएको छ । १४ करोड १३ लाख खुद नाफा कमाएको निर्धन उत्थान बैंक लिमिटेडले गतवर्ष यही अवधिमा भने १२ करोड २८ लाख खुद नाफा कमाएको थियो ।

बैंकले यसअवधिमा ३ अर्ब ४२ करोड रुपैयाँ निक्षेप संकलनगरी २ अर्व १८ करोड कर्जा प्रवाह गरेको छ । चुक्ता पुजी ५० करोड रहेको बैंकको यस आर्थिक वर्षको दोस्रो त्रैमासमा खराब कर्जा ०.५६ प्रतिशतबाट बढर २.०१ प्रतिशत रहेको छ । बैंकको प्रतिशेयर आम्दानी ५६.५२ रुपैयाँ तथा प्रतिशेयर नेटवर्थ १८३ रुपैयाँ ३६ पैसा रहेको छ । आइबार प्रति कित्ता सेयर १७९० मा कारोबार भइरहेको यस बैंकको सेयरमुल्यमा खासै परिवर्तन भने आएको छैन ।

यता भार्गव विकास र्बैक लिमिटेड (BHBL) को भने दोस्रो त्रैमासमा खुद नाफामा २९.६० प्रतिशतले कमी आएको छ । बैंकले यसअवधिमा १ करोड २ लाख रुपैयाँ कमाएको छ । गतबर्षको यसैअवधिमा बैंकले १ करोड ४५ लाख रुपैया खुद नाफा कमाएको थियो ।

यसको व्याज आम्दानी भने ४१ लख रुपैयाले वुद्धि भएको छ । गतवर्ष यसै अवधिमा २ करोड ७ लाख व्याज आम्दानी गरेको बैंकले यस दोस्रो त्रैमासमा भने २ करोड ४८ लाख रुपैया कमाएको छ । यसको चुक्ता पुजी भने १२ करोड रहेको छ ।

बैंकले यसअवधिमा १ अर्ब ३२ करोड रुपैया निक्षेप संकलन गरेर ९२ करोड ८० लाख रुपैयाँ कर्जा वितरण गरेको छ । बैंकको खराब कर्जा ०.७८ प्रतिशतबाट ०.३० प्रतिशतमा झरेको छ । यस बैंकको प्रति कित्ता सेयर ३ सय १५ रुपैयामा आइतबारसम्म कारोबार भएको थियो ।

त्यस्तै सहयोगी विकास बैंक (SBBLJ) ले यस दोस्रो त्रैमासमा ९.७४ प्रतिशतले खुद नाफा कमाएको छ । दोस्रो त्रैमाससम्ममा १ करोड ६६ लाख रुयैया खुद नाफा गरेको यस विकास बैंकले गतवर्ष यसै समयमा १ करोड ५१ लाख रुपैया खुद नाफा गरेको थियो ।

बैैकले २ अर्व ४६ करोड निक्षेप संकलन गरेर १ अर्व ७८ करोड रुपैया कर्जा प्रवाह गरेको छ । खराब कर्जा प्रतिशत ०.११ प्रतिशत रहेको छ जुन गतवर्ष यसै अवधिमा १.७३ प्रतिशत रहेको थियो । प्रतिशेयर आम्दानी झण्डै १३ रुपैया रहेको छ भने प्रतिशेयर नेटवर्थ १२९ रुपैया रहेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।