दुई महिनाभित्र जन गुनासो नआउनेगरि टेलिकमले सेवा नदिए सरकारले हस्तक्षेप गर्ने

Feb 05, 2016 Mero Lagani

सेवाग्राहीले अनुभूति गर्नसक्ने गरी नेपाल टेलिकम (नेपाल दूरसञ्चार कम्पनी लिमिटेड) ले सेवा प्रवाह गर्न नसक्नुको कारण पहिचान गरेर सुधारका कार्यक्रम ल्याउनुपर्ने भएको छ । टेलिकमको बाह्रौँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा दुई महिनाभित्र जनगुनासो नआउने गरी सेवाप्रवाहमा गुणात्मक सुधार ल्याउन सूचना तथा सञ्चारमन्त्री शेरधन राईले निर्देशन दिँदै भने–‘‘अन्यथा सरकार आफैले अर्को टोली गठन गरेर काम अघि बढाउनेछ ।’’

 उन्ले गुणस्तरीय सेवा प्रवाह गर्न, ग्रामीण क्षेत्रमासमेत सेवा विस्तार गर्न, सन् २०२० सम्ममा सम्पूर्ण जनतामा इन्टरनेट सुविधा पु¥याउन, प्रत्येक जिल्लालाई अप्टिकल फाइवरमा जोड्न, ताररहित टेलिफोनसेवा प्रवाह गर्न, दुई वर्षमै सबै जिल्लामा ई–गभर्नेन्स पु¥याउनका लागि तीव्ररुपमा पूर्वाधार तयार पार्न नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमलाई निर्देशन दिए ।

एक वर्षभित्रमा टेलिकमलाई नयाँ उचाइमा पु¥याउन मन्त्रालयसँग समन्वय गरेर अघि बढ्न सुझाव दिनुभएका मन्त्री राई भने– ‘‘संस्थाको सुधारका लागि सरकारमा रहेको जगेडा कोषको रकम सदुपयोग गरेर टेलिकमले लाभ लिनसक्छ ।’’

सेवाप्रति समर्पणकै कारण नेपाल टेलिकमले रु २० अर्ब भन्दा बढी राजस्व सङ्कलन र रु १४ अर्ब भन्दा बढी मुनाफा आर्जन गर्न सफल भइ अन्य सार्वजनिक संस्थाको तुलनामा प्रेरणाको रुपमा खडा भएको उन्ले बताए।

टेलिकमका अध्यक्ष समेत रहेका सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले ‘राष्ट्र निर्माणमा योगदान’ र ‘ग्राहक सेवामा समर्पण’ भन्ने नारालाई साकार पार्न र सूचना तथा सञ्चारमन्त्रीका निर्देशन पूरा गर्न सबै ग्राहकको सुख–दुःखको साथी बन्ने र सक्दो सुधार तथा सेवा विस्तार गर्ने प्रतिबद्धता जनाए।

टेलिकमलाई आत्मनिर्भर बनाउने मात्र होइन, सामाजिक उत्तरदायित्व पनि बहन गर्ने, राम्रा कामलाई निरन्तरता दिने, प्रतिस्पर्धामा नयाँ ढङ्गले अघि बढने तथा गुणस्तरीय सुधारमा जोड दिने बताउँदै उहाँले एक महिनाभित्र व्यवस्थापनमा सुधारको मार्गचित्र बनाउने, प्रत्येक महिना सुधारका काम अघि बढाउने र आगामी दुई वर्षमा अन्य सेवाप्रदायक संस्थाको तुलनामा यसलाई ६० प्रतिशत माथि पु¥याउने जानकारी दिए ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले अघिल्लो वर्षदेखि टेलिकमले दिएको निरन्तरको सेवाले यो राष्ट्रकै प्रभावकारी संस्था भएको प्रमाणित भएपनि सेवाको गुणस्तरमा भने विकास गर्न नसकेको बताए ।

फ्रिक्वेन्सीको व्यवस्थापनमा टेलिकम चुकेको छ भन्दै उहाँले ७२ दशमलब १० मेगाहर्जको फ्रिक्वेन्सीलाई पूरै सदुपयोग गर्न नसकेको र नेपालबाट भारतमा कुरा गर्दा करिब रु तीन लागे पनि भारतबाट नेपालमा कुरा गर्दा भारु १२ तिर्नुपर्ने अवस्थामा अझै सुधार भएको छैन भने ।

टेलिकमका प्रबन्ध निर्देशक बुद्धीप्रसाद आचार्यले संस्थागत सुधार, गुणस्तर सुधार तथा सेवा विस्तार, व्यापार प्रवद्र्धन, वित्तीय सुधारका साथै सामाजिक उत्तरदायित्व बहन तथा विभिन्न सेवामा थप सुविधा प्रदान गरिएको जानकारी दिए ।

वार्षिकोत्सवमा दूरसञ्चार सेवाको इतिहास र बाह्रौँ वार्षिकोत्सवको स्मारिका लोकार्पण, २० वर्ष सेवा पूरा गरेका कर्मचारीलाई दीर्घ सेवा पदक प्रदान, क्रिकेट खेलको लोगो अनावरण, क्रिकेट सङ्घका प्रतिनिधिलाई ट्रफी प्रदान, विविध सेवा विस्तारमा योगदान पु¥याउने संस्थालाई सम्मानपत्र प्रदान र भूकम्पका समयमा उल्लेखनीय कार्य गर्ने कर्मचारीलाई पुरस्कार प्रदान गरिएको थियो । रासस

..............................................................................................................................................................मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ । 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।