चिलिमे जलबिद्युतको शेयरमा दीर्घकालीन लगानीः भबिष्यमा ढुक्कको आम्दानी

Feb 06, 2016 Merolagani

शेयर बजारका अधिकांश लगानीकर्ताहरुले दीर्घकालीन भन्दा पनि तत्काल र क्षणिक प्रतिफलको आशमा लगानी गर्दा राम्रा कम्पनीहरुमा कमैकोे आँखा पर्ने गरेको छ । बिगत केही बर्षदेखि लगानीकर्ताहरुलाई राम्रो प्रतिफल दिईरहेको चिलिमे जलबिद्युत कम्पनी(CHCL) केही बर्ष कुर्नेहरुका लागि सर्बोत्तम बिकल्प हुनसक्छ तर आज शेयर किनेर भोलि नै नाफा खोज्नेहरुले यस कम्पनीबाट तत्काल ठूलो आश नगरेकै बेश । 

धैयर्तापूर्वक  दीर्घकालीन लगानी गर्नेहरुले यो कम्पनीहरुबाट भबिष्यमा पेन्सन खाए जस्तै एक किसिमको आकर्षक प्रतिफल पाउने संभावना छ । आजको भोलि यो कम्पनीको शेयर मुल्य दोब्बर हुने संभावना छैन, त्यसैले छोटो समयमा दोब्बर नाफा खोज्नेहरुलाई यसले आकर्षित गर्दैन । तत्काल यो कम्पनीमा ठूलो उथल पुथल हुने संभावना नभएकाले शेयरको भाउ पनि धेरै उतार चढावको औचित्य देखिन्न । 

हाल रसुवाको स्याफ्रुबेशीमा कम्पनीले उत्पादन गरिरहेको २२ मेगावाटको आयोजनाले जुन आम्दानी गरिरहेको छ, त्यो आगामी दिनमा एउटा सानो हिस्सा मात्र हुने छ । चिलिमेले सहायक कम्पनीहरुमार्फत बनाईरहेका चार आयोजनाका २७० मेगावाट बिजुलीले आगामी तीन बर्षपछि जसरी आम्दानी गर्न थाल्नेछ, त्यसको ३८ प्रतिशत हिस्सा चिलिमेका लगानीकर्ताको भागमा पर्नेछ किनभने यी आयोजनाहरुमा चिलिमेको ३८ प्रतिशत ईक्विटी छ । यसका साथै भबिष्यमा बनाउने अरु ठूला आयोजनाहरुमा पनि चिलिमेले हात हाल्दा चिलिमेका लगानीकर्ताले बोनस शेयर र नगद लाभांश पाउने हुँदा साधारणसभामा गएर खाली हात फर्किनु पर्दैन ।

अघिल्लो बर्ष लगानीकर्ताहरु हौसिएर प्रति कित्ता २८०० रुपैयाँमा चिलिमेको शेयर उठाउनेहरुलाई अहिले पनि घाटा नै होला तर मूल्य तल आएको बेलामा यसको शेयर उठाएर लामो समयसम्म पर्खिनसक्नेहरुलाई चिलिमे बुढेशकालको सहारा हुने पक्का छ । त्यसैले रातारात फाईदा खोज्ने सट्टेवाजहरु अहिले चिलिमेको शेयरमा चलखेलबाट पाखा लाग्दा मुल्यमा स्थिरता आएको देखिन्छ ।

सन् १९९५ मा उर्जा क्षेत्रको समग्र विकासको लक्ष्य सहित स्थापना भएको कम्पनीमा नेपाल विद्युत प्राधिकरणको ५१ प्रतिशत शेयर हिस्सा रहेको छ भने बाँकी ४९ प्रतिशत शेयर सर्वसाधारणलाई बितरण गरिएको छ । अघिल्लो आर्थिक वर्षमा २ अर्ब २७ करोड १३ लाख रुपैंया चुक्ता पूँजी रहेको कम्पनीले २० प्रतिशतले पूँजी वृद्धि गरि २ अर्ब ७२ करोड ५६ लाख रुपैंया पुर्याएको छ ।

रसुवामा निर्माण भएको २२ दशमलव १ मेगावाट क्षमताको जलविद्युत आयोजनाबाट चिलिमेले ठुलो मात्रामा नेपाल विद्युत प्राधिकरणलाई विद्युत बेच्दै आएको छ । चिलिमेले वार्षिक रुपमा १ सय ५० गिगावाट विद्युत उत्पादन गर्दै आएको छ ।

चिलिमेले ३ वटा सहायक कम्पनीहरु रसुवागढी हाइड्रोपावर कम्पनी, मध्य भोटेकोशी जलविद्युत कम्पनी र सानजेन जलविद्युत कम्पनी मार्फत बनाईरहेका आयोजनाहरु सन् २०१७ को अनत्यसम्ममा सम्पन्न भईसक्ने अपेक्षा गरिएको छ । सन् २०१६ को अनत्यसम्ममा यी आयोजनाहरु निर्माण पुरा गर्ने लक्ष्य लिईएकोमा भुकम्प तथा भारतीय नाकाबन्दीले आयोजना पुरा हुन समय लाग्ने बताईएको छ । चिलिमेमा जस्तै स्थानीय जनतालाई १० प्रतिशत शेयरको ग्यारेन्टी गरिएकाले आयोजना चाँडै सम्पन्न गर्न जनसहयोग पनि प्राप्त हुँदा आयोजना निर्माणले अब गति लिने अपेक्षा गरिएको छ ।

४ अर्ब ५३ करोड ४३ लाख रुपैंयाको जगेडा कोष बनाएको कम्पनीले आ.व.२०७१र७२ को चौथो त्रैमाससम्ममा जलविद्युत तथा अन्य क्षेत्रमा गरी ३ अर्ब ९४ करोड ८२ लाख रुपैंया लगानी गरिसकेको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा खुद नाफा, प्रतिशेयर आम्दानी लगायतका सुचकांकमा आएको गिरावटले कम्पनीको शेयर मुल्यमा गिरावट आएको अनुमान गर्न सकिन्छ ।

 

चिलिमेका सवल पक्षहरु

-चुक्ता पूँजी बर्षेनी कम्तिमा २० प्रतिशतले वृद्धि हुनु ।

-जगेडा कोष १ दशमलव ५८ प्रतिशतले वृद्धि हुनु ।

-लगानी ४८ दशमलव ४३ प्रतिशतले बिस्तार हुनु ।

- सहायक कम्पनी मार्फत २ सय ७० मेगावाट भन्दा बढी विद्युत उत्पादनमा अग्रसर हुनु ।

-३ जलविद्युत आयोजनाको निर्माण पश्चात ठुलो मात्रामा लाभांस बितरण गर्ने क्षमता तयार हुनु ।

- लाभांस बितरणसंगै बढ्ने कम्पनीको नाफाले लगानीकर्ताले पाउने प्रतिफल बढ्नु ।


-पूँजी संकलनका लागि आगामी वर्षदेखि उच्च दरमा बोनस शेयर बितरण गर्ने संभावना

 

चिलिमेका कमजोर पक्षहरु

- रिटर्न अन इक्वीटीमा अघिल्लो वर्षको तुलनामा गिरावट आउनु ।

-खुद नाफामा पनि अघिल्लो वर्षको तुलनामा गिरावट आउनु ।

- पूँजी वृद्धि भए पनि प्रतिशेयर आम्दानीमा गिरावट आउनु ।

-प्रतिशेयर नेटवर्थमा गिरावट आउनु ।

२ करोड ७२ लाख ५६ हजार ३ सय २० कित्ता शेयर रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ २ सय ६६ रुपैंया ३६ पैसा तथा प्रतिशेयर आम्दानी ३१ रुपैंया ७५ पैसा कायम भएको छ ।

चिलिमेले गत आर्थिक वर्षमा १५ प्रतिशत नगद लाभांस तथा २० प्रतिशत बोनस शेयर बितरण गरेको थियो ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।