कम्पनीको विजुली विक्रीबाट भएको आम्दानी करिव पाँच करोड रुपैयाँले बढेपछि नाफ बढेको हो । कम्पनीले विजुलीको विक्रीबाट ६४ करोड २५ लाख रुपैयाँ आम्दानी गरेको छ । गतबर्ष कम्पनीले यो शिर्षकमा ५८ करोड ९७ लाख रुपैयाँ आम्दानी गरेको थियो । विद्युत बिक्रीबाट कम्पनीको नाफा नौ प्रतिशतको हाराहारीमा बढेको छ ।
तर बैंकमा राखेको निक्षेपबाट हुने ब्याज आम्दानी भने एक करोड ६० लाख रुपैयाँले घटेको छ । कम्पनीले ब्याज आम्दानी ४ करोड ८ लाख रुपैयाँ गरेको छ । अघिल्लो बर्ष ब्याज आम्दानी ५ करोड ६८ लाख रुपैयाँ गरेको थियो ।
कम्पनीको सेयर पुँजी तीन अर्ब १३ करोड रुपैयाँ छ भने जगेडाकोष बढेर ४ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । गतबर्षको भन्दा जगेडाकोषमा १४ करोड रुपैयाँ थपिएको हो ।
कम्पनीको प्रतिशेयरआम्दानी ३५ रुपैयाँ ८४ पैसा, मुल्य आम्दानी अनुपात ३७.७९ गुणा र प्रतिशेयरनेटवर्थ २३८ रुपैयाँ ७२ पैसा रहेको छ ।
राधी विद्युत कम्पनीेले खारे खोला जलविद्युत आयोजनामा समेत लगानी गर्ने
........................................................................................................................................................मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागियहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।