बुटवल हाइड्रोको मुनाफा २ करोडले बढ्यो, सानिमाको घाटा भने थामिएन

Feb 11, 2016 Mero Lagani

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बुटबल पावर कम्पनी (BPCL)  को खुद नाफामा गत आर्थिक वर्षको तुलनामा बढेको छ । उता सानिमा माइ हाइड्रो (SHPC) ले यसअवधिमा पनि नोक्सानी व्यहोरेको छ । दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विबरण अनुसार बुटबल पावरको नाफा ८ करोड १८ लाख छ भने सानिमा माइको घाटा १ करोड ९२ लाख रुपैंया रहेको छ ।

वुटवल पावरको नाफा बढ्यो

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बुटवल पावर कम्पनीले ८ करोड १८ लाख रुपैया खुद नाफा गरेको छ । कम्पनीको नाफा गत आर्थिक बर्षको यसै अवधिको भन्दा २ करोड बढिले बढेको हो । कम्पनीको विद्युत बिक्रीमार्फतको आम्दानी बढेपछि नाफा बढेको हो । कम्पनीले ३६ करोड रुपैयाँ विद्युतबिक्री गरेर कमाएको छ ।

१ अर्व ६७ करोड ३२ लाख रुपैया चुक्ता पुँजी रहेको बुटवल पावर कम्पनीको जगेडा कोषमा १ अर्व ८३ करोड ३२ लाख रुपैया मौज्दात रहेको छ । गत आर्थिक वर्षको तुलनामा कम्पनीको जगेडा कोषमा झण्डै २० करोड रुपैयाले बढेको छ । गतवर्ष सोही समिक्षा अवधिमा जगेडा कोषमा १ अर्व ६४ करोड ७७ लाख रुपैया रहेको थियो ।

यस आथिर्क वर्षको पुस मसान्तमसम्ममा कुल सञ्चालन मुनाफा ३६ करोड ६८ लाख रुपैया गरेको कम्पनीले गत आथिर्कवर्षको यसै अवधिमा २७ करोड २१ लाख रुपैया सञ्चालन मुनाफा गरेको थियो । कम्पनीले सञ्चालन खर्चमा कमी आएको छ । गत आर्थिकवर्षको दोस्रो त्रैमासमा १२ करोड ५ लाख रुपैया सञ्चालन खर्च गरेको कम्पनीले यस आर्थिक वर्षको पुसमसान्तसम्ममा १२ करोड ५ लाख रुपैया सञ्चालन खर्च गरेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी ४ रुपैया ८९ पैसा, प्रतिशेयर नेटवर्थ १० रुपैयाले बढेर २ सय ९ रुपैया ५८ पैसा रहेको छ । मंगलबार कम्पनी प्रतिशयेर बजारमुल्य ६ सय २२ रुपैया रहेको छ ।

 

सानिमा हाइड्रोको घाटा थामिएन्

 

गत आर्थिक वर्षको दोस्रो त्रैमास ९५ लाख रुपैया खुद नोक्सान रहेको सानिमाको चालु आर्थिक वर्षको पुसमसान्तसम्ममा १ करोड ९२ लाख रुपैया खुद नोक्सान पुगेको छ । यो गत आर्थिक वर्षको तुलनामा झण्डै दोब्बर खुद नोक्सान हो ।

सानिमाको शेयर पुँजी १ अर्व ५ करोड ५० लाख शेयर पुँजी रहेको सानिमाले यस चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १७ करोड ४६ लाख रुपैया कुल आम्दानी गरेको छ । जसमध्ये विद्युतबिक्रीबाट १७ करोड ४१ लाख रुपैयाँ आम्दानी गरेको हो ।

सानिमाको प्रतिशेयर आम्दानी १ रुपैया ८३ पैसा, प्रतिशेयरनेटवर्थ १ सय १ रुपैया ८३ पैसा तथा बजारमूल्य शेयर ८ सय २५ रुपैया रहेको छ ।

जलविधुत कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण बढ्ढै गर्दा सानिमा हाइड्रो पावरले यो उत्साहालाई झन् कमजोर बनाएको छ । सानिमाले आफ्नो घाटा बढ्ने क्रमलाई रोक्न नसकेपछि लगानीकर्तालाई सोन्च बाध्य बनाएको छ ।

 

......................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेटफेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

............................................................................................................................................................................................

सवा दश लाख कित्ता साधारण शेयर निष्काशन गर्दे राधी हाइड्रो

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।