चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ६ अर्व ७३ करोड ४५ लाख रुपैया निक्षेप संकलन गरी ५ अर्व ५ करोड ५७ लाख रुपैया कर्जा प्रवाह गरेको बैंकले ११ करोड ६९ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले ५ अर्ब २३ करोड ५२ लाख रुपैंया निक्षेप संकलन तथा ४ अर्ब १९ करोड ८८ लाख रुपैंया कर्जा प्रवाह गरि २ करोड ९९ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।
कमाइमा भारी मात्राको वृद्धिसंगै बैंकले निष्कृय कर्जा अनुपात पनि घटाएर आफुलाई अझै समृद्ध बनाएको छ । गत आर्थिक वर्षको ६ महिनाको अवधिमा ७ दशमलब ०१ प्रतिशत खराब कर्जा अनुपात रहेको बैंकको यसपटक व्यापक सुधार गरि ३ दशमलब १८ प्रतिशतमा झारेको छ ।
चुक्ता पुँजी ६६ करोड ६५ लाख रुपैयाँ तथा जगेडा कोषमा १ करोड ११ लाख रुपैया रहेको बैंकको प्रतिशेयर आम्दानी १२ रुपैया ८२ पैसा तथा प्रतिशेयर नेटवर्थ १ सय १ रुपैयाँ ६८ पैसा रहेको छ ।
झिमरुकले कति कमायो ?
उता झिमरुक विकास बैंक (JHBL) ले गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ३९ लाख रुपैयाँ खुद नाफा गरेकोमा यस पटक ९१ लाख रुपैया खुद नाफा गरेको छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ६७ करोड ७१ लाख रुपैया निक्षेप संकलन गरी ५५ करोड ७६ लाख रुपैया कर्जा प्रवाह गरेको झिमरुकले १ करोड ८६ लाख रुपैया खुद व्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षमा बैंकले १ करोड १५ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।
समिक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात घटेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा १ दशमलब ५७ प्रतिशत खराब कर्जा अनुपात रहेकोमा यसपटक त्यो भने घटेर शुन्य दशमलब २९ प्रतिशतमा झरेको छ ।
चुक्ताँ पुजी ५ करोड ८७ लाख रुपैया रहेको बैंकको जगेडा कोषमा १ करोड ५७ लाख रुपैया सञ्चित छ । बैंकको प्रतिशेयर आम्दानी १८ रुपैया ७८ पैसा, प्रतिशेयर नेटवर्थ १ सय ५५ रुपैयाँ ११ पैसा रहेको छ ।
काबेलीको नाफा यस्तो छ
त्यसै गरि काबेली विकास बैंक (KEBL) ले पनि चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ९२ लाख रुपैयाँ खुद नाफा गरेको छ । समिक्षा अवधिमा बैंकले झण्डै ४० लाख रुपैयाँले नाफा बढोत्तरी गरेको हो ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ५४ करोड ६५ लाख रुपैया निक्षेप संकलन गरी ४९ करोड ९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले २ करोड ६ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।
बैंकले गतवर्षको सोही समयमा १ करोड ४७ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा १ दशमलब ५५ प्रतिशत खराबकर्जा अनुपात रहेकोमा बैंकले त्यसलाई पनि घटाएर १ दशमलब ३७ प्रतिशतमा झारेको छ । बैंकको प्रतिशेयर आम्दानी ३४ रुपैयाँ ९९ पैसा, प्रतिशेयर नेटवर्थ १ सय ६३ रुपैयाँ ४३ पैसा रहेको छ ।
भिबोरको नाफा किन घट्यो ?
अधिकांस विकास बैंकको कमाई तिब्र रुपमा बढिरहेका बेला भिवोर विकास बैंक (VBBL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ६ करोड १ लाख रुपैयाँ खुद नाफा गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा झण्डै ४ करोड रुपैयाँले कम हो । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ९ करोड ७४ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ५ अर्व ५० करोड ८५ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ४ अर्व ३१ करोड ६० लाख रुपैया कर्जा प्रवाह गरेको छ । गतवर्षको सोही अवधिमा बैंकले ३ अर्व ९८ करोड २० लाख रुपैया निक्षेप संकलन तथा ३ अर्व २७ करोड ६८ लाख रुपैया कर्जा प्रवाह गरेको थियो ।
गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ५ करोड १ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकले यसपटक भने ७ करोड ९६ लाख खुद व्याज आम्दानी गरेको छ । बैंकको गत आर्थिक वर्षमा सञ्चालन नोक्सानी ६ करोड ४७ लाख रुपैंया रहेकोमा यस पटक त्यसमा व्यापक सुधार गरि ३ करोड २२ लाख रुपैंया सञ्चालन मुनाफा आर्जन गरेको छ ।
सञ्चालन मुनाफा शिर्षमा मात्र ९ करोडको सुधार गरे पनि बैंकको खुद नाफा भने बढ्न नसकेको हो ।
यसका साथै खराब कर्जा अनुपात ४ दशमलब ४० प्रतिशतबाट घटाएर र ० दशमलब ६४ प्रतिशतमा झारे पनि बैंककोे कमाइमा भने गिरावट देखिएको हो ।
बैंकको चुक्ता पुँजी ९१ करोड ७० लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २८ करोड ७८ लाख रुपैयाँ नकारात्मक अवस्थामा रहेको बैंकको जगेडा कोषमा यस पटक सामान्य सुधार गर्दै १६ करोड ६७ लाख रुपैयामा झारेको छ । बैंकको प्रतिशेयर आम्दानी १३ रुपैयाँ १२ पैसा, प्रतिशेयर नेटवर्थ ८१ रुपैया ८२ पैसा रहेको छ ।
...................................................................................................................................................................
मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।
.................................................................................................................................................................
राधी विद्युत कम्पनीेले खारे खोला जलविद्युत आयोजनामा समेत लगानी गर्ने