७६ प्रतिशत खराबकर्जा भएको बैंकको प्रतिशेयर आम्दानी १६७ रुपैयाँ ?

Feb 26, 2016 Mero Lagani

गोर्खा डेभलपमेन्ट बैंक (GDBNL) ले चालु आर्थिक बर्षको दोस्रो त्रैमास अर्थात पुषमसान्तसम्मा ३३ करोड १५ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । जुन गत वर्षको सोहि अवधिको तुलनामा साढे दुई गुणा बढि हो । गत वर्षको यसअवधिमा बैकले १३ करोड २९ लाख रुपैयाँ खुद मुनाफा कमाएको थियो । बैंक अझैपनि समस्याग्रस्त वित्तिय संस्थाको सूचीमा छ भने राष्ट्र बैंकको व्यवस्थापकिय नियन्त्रणमा संचालन हुदै आएको छ ।

बैंकले यसअवधिमा ४० करोड ९८ लाख रुपैयाँ निक्षेप संकलन गरेर ६३ करोड २७ लाख रुपैयाँ कर्जा वितरण गरेको छ ।

राष्ट्र बैंकको कारबाहीमा परेपछि बैंकको निक्षेप संकलन तथा कर्जा प्रवाह दुवैमा गिरावट देखिएको हो । २०६९ पौष १९ गते देखि बैंकको व्यवस्थापन राष्ट्र बैकको नियन्त्रणमा रहेको छ । 

यसअवधिमा बैंकको खुद व्याज आम्दानी ४ गुणाले बढेपछि नाफमा उल्लेख्य सुधार देखिएको हो । बैंकले खुद ब्याज आम्दानीबाट मात्रै १० करोड ८३ लाख रुपैयाँ कमाएको छ । सञ्चालन नोक्कासन बढेर १३ करोड ९३ लाख रुपैयाँ पुगेको छ ।

चुक्तापूँजी १९ करोड ८२ लाख रुपैयाँ रहेको बैंकको जगेडाकोष २४ करोड ४५ लाखले नकारात्मक रहेको छ । बैंकले २७ करोड २८ लाख रुपैयाँ प्रोभिजनको लागि राखेको छ भने बैंकले ५६ करोड ६ लाख रुपैयाँ खराबकर्जा उठाउन सफल भएको छ । समस्याग्रस्त घोषणा भएपश्चात गतमाघसम्म बैंकले ३ खर्ब ६९ करोड रुपैयाँ कर्जा असुलि गरेको छ भने ४ अर्ब २८ करोड निक्षेप फिर्ता गरेको छ ।

बैंकको प्रति शेयर आम्दानी १६७.२४ रुपैयाँ, तरलता अनुपात ३५ दशमलव ५० प्रतिशत निष्कृय कर्जा ७६ दशमलव ०४ प्रतिशत र जोखिम युक्त सम्पति नेगेटिभ ४ दशमलव ६९ प्रतिशत रहेको छ ।

बैंक काठमाडौ फाइनान्ससँग मर्जरको अन्तिमचरणमा पुगेको छ । यी दुई संस्थाले एकिकृत कारोबार संचालनका लागि अन्तिम स्वीकृति लिन राष्ट्र बैंकमा आवेदन दिएका छन् ।

 

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

.................................................................................................................................................................

कहिले हुन्छ नेपाल उर्जामा आत्मनिर्भर ?

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।