वरुण हाईड्रो अझै घाटामा, पावरहाउस संचालनमा आएपछि अर्को त्रैमासको आश

Mar 10, 2016 Mero Lagani

वरुण हाइड्रो पावर कम्पनी (BARUN) चालु आर्थिक बर्षको दोस्रोे त्रैमासमा एक करोड २५ लाख नोक्सानमा गएको छ । गत आर्थिक बर्षको यसैअवधिमा ४० लाख ८२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।गत जेठमा हेवा खोलामा आएको बाढी र पहिरोले कम्पनीको विद्युत उत्पादन प्रभावित भएपछि कम्पनी घाटा निरन्तर बढेको हो ।

पहिलो त्रैमासमा कम्पनी ९७ लाख रुपैयाँ घाटामा थियो । पछिल्लो तीन महिनामा कम्पनीको घाटा २८ लाख रुपैयाँले बढेको छ । २४ करोड ३० लाख चुक्ता पुँजी भएको बरुण हाइड्रोपावर कम्पनीको जगेडाकोष ३ करोड १८ लाख ऋणात्मक रहेको छ । यसअवधिमा कम्पनीले कुनैपनि शिर्षकमा आम्दानी गरेको छैन् ।

गतबर्ष यसैअवधिमा विद्युत बिक्रीबाट एक करोड ७८ लाख आम्दानी गरेको कम्पनीको विद्यूत बिक्री ठप्प छ । गत जेठमा हेवा खोलामा आएको बाढी र पहिरोले कम्पनीको विद्युत उत्पादन प्रभावित भएको थियो । कम्पनीले पावर हावस मर्मतगरी यहि फागून १४ बाट संचालनमा ल्याएकाले आउने त्रैमासमा भने विद्युत बिक्रीबाट आम्दानी गर्ने देखिन्छ ।

कम्पनीको प्रति शेयर नेटवर्थ ८६ दशमलव ८८ रुपैयाँ रहेको छ भने तरलता अनुपात शुन्य दशमलव ८५ गुणा र प्रति शेयर कुल सम्पत्तिको मुल्य २ सय ४२ दशमलव ७७ रुपैयाँ रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी र मुल्य आम्दानी अनुपात निल भएको छ । हाल शेयरबजारमा बरुणको प्रतिकित्ता शेयर ३५० रुपैयाँको हाराहारीमा कारोबार भईरहेको छ ।

वरुण हाइड्रो संखुवासभा जिल्लाकै सबैभन्दा ठुलो जलविद्युत आयोजना हो । यो ४.५ मेगावाट क्षमताको छ । कम्पनीले बाढि पूर्व विद्युत बिक्रीबाट मात्र मासिक एक करोड बिस लाख रुपैयाँ आम्दानी गर्दे आएको थियो ।

 

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................

सवा दश लाख कित्ता साधारण शेयर निष्काशन गर्दे राधी हाइड्रो

 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।