लौ हेर्नुहोस्, शेयर मुल्य उछालिएका जीवन बीमा कम्पनीहरुको बित्तीय अबस्था

Mar 12, 2016 Mero Lagani

नेपाल स्टक एक्सचेन्जमा बिमा कम्पनीहरुको शेयर मुल्य आकाशिने क्रम जारी रहदा ती कम्पनीहरुको बित्तीय अबस्था चाँही कस्तो रहेको छ त ? भन्ने चासो बढ्नु स्वभाविक छ । कम्पनीको वास्तबिक अबस्था अध्ययन गरेर लगानी गर्दा जोखिम कम हुने र प्रतिफल राम्रो पाईनसक्ने हुँदा शेयरमा लगानी गर्नु अघि आधारभुत अबस्थाबारे जानकारी लिनु जरुरी भएको हो । लगानीकर्ताको हितका लागि मेरोलगानी डटकमले जीवन बिमा क्षेत्रका कम्पनीहरुको दोस्रो त्रैमासिक बिबरणमा आधारित यो सामाग्री प्रस्तुत गरेको छ ।  

जीवन बीमा कम्पनीहरुको संख्या ९ भएपनि अहिले नेप्सेमा सुचिकृत भएर ८ वटा कम्पनीहरुको मात्र शेयर किनबेच भैरहेको छ ।यस क्रममा चुक्तापूँजीका आधारमा नेपाल लाइफइन्स्योरेन्स १ अर्ब ७३ करोड रुपैंयाका साथ पहिलो स्थानमा छ । 

बिमांकीय मूल्याड.कन नआईकन बिमा कम्पनीहरुको वास्तविक आम्दानी पत्ता नलाग्ने र प्रतिशेयर आम्दानी पनि थाहा पाउन असंभव रहन्छ । त्यसैले यहाँ देखाईएको खुद नाफा र प्रतिशेयर आम्दानीमा बदली हुने प्रसस्त संभावना रहन्छ । 

त्यसै गरि जीवन बीमा कम्पनीले दिने प्रतिफल, कम्पनीको जगेडा तथा बीमा कोषहरुको अवस्थाले पनि कुन कम्पनी कस्तो हो भन्ने कुरा जान्न र लगानी गर्ने बारे निर्णयमा पुग्न सहज बनाउँछ ।

बिमितहरुको संख्या, बीमा शुल्क आर्जन जस्ता कारोबारमा र्फलावट, दावी संख्या र दाबी भुक्तानी, संस्थागत सुशासनसम्बन्धी कुराहरु पनि निकै महत्वपूर्ण छन् । प्राईम लाईफ र कतिपय बीमा कम्पनीहरुको संस्थागत सुशासनमा समस्या आएपछि बीमा समितिले कारबाही गरेर सुधारात्मक निर्देशन दिएको अबस्था पनि छ र त्यो क्रम अझै पुरा भएको छैन । 

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै कमाई गरेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपाल लाइफ इन्स्यारेन्सले १४ करोड ३९ लाख रुपैँया खुद नाफा गरेको छ ।

चुक्ताँ पूँजी १ अर्व ७३ करोड रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको जगेडा कोषमा अरु जीवन बीमा कम्पनीको भन्दा धेरै रकम सञ्चित रहेको छ । सबैभन्दा कम रकम सुर्य लाइफ इन्स्योरेन्सको रहेको छ । कम्पनीको जगेडा कोषमा १ करोड २७ लाख रुपैयाँ रहेको छ ।

प्रतिशेयर आम्दानी नेशनल लाइफ इन्स्योरेन्सको सबेभन्दा धेरै रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ३१ रुपैयाँ रहेको छ  ।  लाइफ इन्स्योरेशन कर्पोरेशन नेपालले सबैभन्दा धेरै २ अर्व ९० करोड ६० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

सबैभन्दा थोरै बीमा शुल्क आर्जन गरेको गुराँस लाइफ इन्स्योरेन्सले ३३ करोड १२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै नेपाल लाइफ इन्स्योरेन्सको २७ अर्व ३५ करोड रुपैयाँ जीवन बीमा कोषमा रहेको छ भने सबैभन्दा थोरै सुर्य ला्इफ इन्स्योरेन्सको १ अर्व २६ करोड जीवन बीमा कोषमा रहेको छ ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................

कहिले हुन्छ नेपाल उर्जामा आत्मनिर्भर ?

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।