मिल्दाजुल्दा कम्पनी संकेतले झुक्किन्छन् साधारण लगानीकर्ता

Mar 17, 2016 Merolagani

नेपालको शेयर बजारमा कारोबार गर्दा कम्पनीको नाम र संकेतमा अलमल परेर झुक्किनु भएको छ ? यही मंगलबार र बुधबारको शेयर कारोबारमा केही लगानीकर्ता भने झुक्किएको पाईएको छ । कम्पनीहरुको संकेत उस्तै र एउटै बर्गका भए पनि उनीहरुको बित्तीय अबस्था, मूल्य, दिने लाभांश फरक छ र लगानीकर्ताहरु एउटा भन्दा अर्को संकेतमा झुक्किईन्छन् । 

प्रिमियर्र ईन्स्योरेन्सले लगानीकर्तालाई ३० प्रतिशत बोनस शेयर दिन प्रस्तावसहित साधारणसभाको मिति तोकेर सूचना जारी गरेको थियो र त्यसको शेयरधनी दर्ता किताव बन्द हुने मिति २०७२ चैत्र ४ गते बिहीबार तोकिएको थियो अर्थात बुधबारसम्म शेयर किन्नेको नाम शेयरधनी दर्ता कितावमा सामेल हुने, बोनस पाउने र साधारणसभामा भाग लिन मान्य हुने सूचना हो यो । तर केही लगानीकर्ताले प्रुडेन्सियल ईन्स्यारेन्स किने । त्यसको एउटै कारण थियो, उस्तै मिल्दोजुल्दो संकेत । 

शेयर दलालको कार्यालयमा शेयर किनबेच गर्न कम्प्युटरमा बस्ने एक कर्मचारीको अनुभव यस्तो रह्योः एक लगानीकर्ताले TDBL किन्न भनेपछि उनले टुरिजम बिकास बैंक किनिदिए तर पछि कार्यालयमा रकम राफसाफ गर्ने क्रममा ती लगानीकर्ताले त्रिबेणीी बिकास बैंक TBBL किन्न पो भनेको थिएँ भनेर रकम तिर्न आनाकानी गरे र अन्ततः ती कर्मचारीले सो शेयर आफैले सकारेर पछि बिक्री गरी कारोबार टुग्याउनु पर्यो । यसको एउटै कमजोरी थियो, टेलिफोनमा ती लगानीकर्ताले  TDBL भनेको हो कि TBBL भनेको हो भनेर ठम्याउन सकेनन्, उस्तै सुनिएको थियो । 

दुबै बिकास बैंक थिए र संकेतहरु बोल्दा उस्तै सुनिन्छ । यस्ता घटनाहरु अरु कम्पनीहरुको सबालमा पनि हुने गरेका छन् । 

 

 

यी कम्पनीहरुलाई यसरी बुझ्नुहोस् । 

 

दुबै निर्जिबन बिमा कम्पनी 

PIC -प्रिमियर ईस्योरेन्स कम्पनी लिमिटेड
PICL -पु्रडेन्सियल ईस्योरेन्स कम्पनी लिमिटेड

दुबै जीवन बीमा कम्पनी 
NLIC -नेपाल लाईर्फ ईन्स्योरेन्स कम्पनी लिमिटेड
NLICL -नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड

दुबै डेभलपमेन्ट बैंक
MDB -मितेरी डेभलपमेन्ट बैंक

MDBL -मालिका डेभ्लभमेन्ट बैंक

दुबै निर्जिबन बिमा कम्पनी 
NIL -नेको ईन्स्योरेन्स कम्पनी लिमिटेड
NICL -नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेड

दुबै फाईनान्स कम्पनी
UFL -युनाईटेड फाईनान्स लिमिटेड
UFIL-युनियन फाईनान्स लिमिटेड

दुबै बिकास बैंक

TDBL - टुरिजम डेम्भलभमेन्ट बैंक

TBBL- त्रिबेणी बिकास बैंक

 

नेपाल स्टक एक्सचेन्जले पहिले आफ्नो संकेत चयन गर्न सम्बन्धित कम्पनीहरुको मागलाई नै ठीक ठ्रयाउने र उनीहरुले रोजेकै नाम दिने गरेको थियो । बजारमा उस्तै सुनिने र देखिने गरी यस्ता संकेतहरु बितरण गर्दा अहिले अफ्ठेरो परेको छ ।  

कतिपय कम्पनीहरुको बर्ग र मूल्य एउटै भए पनि संकेत उस्तै हुँदा किनबेचमा समस्या आउनसक्छ । त्यसैले लगानीकर्ताले संकेत र नाम यकिन गरी शेयर किनबेचको आदेश दिनु उचित हुन्छ । नत्र आफ्नो खातामा शेयर नभए २० प्रतिशत जरिवाना तिर्नुपर्ने अहिलेको अबस्थामा ठूलो घाटा लाग्नसक्छ । लगानीकर्ताका साथै शेयर दलालको कार्यालयमा काम गर्ने कर्मचारीहरु पनि उत्तिकै सतर्क हुनु जरुरी छ । 

...................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................

सवा दश लाख कित्ता साधारण शेयर निष्काशन गर्दे राधी हाइड्रो

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।