एउटा फाइनान्स बिकास बैंक बन्ने र अर्को बिकास बैंक फाईनान्समा घटुवा हुने यो घटना नेपालको बैंकिड. ईतिहासमा नौलो मानिएको छ ।
संचालकहरुको बदमासीले संकटग्रस्त बनेको गोर्खा डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले नियन्त्रणमा लिई शेयर मूल्य र संख्या घटाएर काठमाडौ फाईनान्समा मर्ज गराईएको हो । यो मर्जर प्रक्रिया टुंगिएसँगै अब राष्ट्र बैंकको टोली पनि फिर्ता हुने भएको छ ।
गोर्खाज् फाईनान्सले आगामी चैत्र २८ गतेदेखि औपचारिक रुपमा कारोबार सुरु गर्ने जनाईएको छ । उता ओम डेभलपमेन्ट बैंकले भने चैत्र २२ गतेदेखि नै एकीकृत कारोबार सुरु गर्ने भएको छ ।
यी चार वटा संस्थाहरु मिलेर दुई वटा संस्था बने पनि राष्ट्र बैंकको पूँजी बृद्धिसम्बन्धी योजनाका लक्ष्य भेट्टाउन भने मुस्किल पर्ने देखिएको छ । फेरि उनीहरुलाई मर्ज वा एक्विजिशनमा जान बाध्यता आईलाग्ने निश्चित छ ।
काठमाडौ फाइनान्सको चुक्ता पूंजी १८ करोड ३८ लाख रहेकोमा गोर्खालाई गाभ्नुअघि पूंजी बृद्घि गर्न १ कित्ता बराबर १ कित्ताको दरले हकप्रद शेयर जारी गर्ने निर्णय गरेको थियो । उता गोर्खाको पहिले ६६ करोड चुक्तापूँजी रहेकोमा बास्तविक सम्पतिको मूल्य अनुसार शेयर पूँजी घटाई गाभिनु अघि चुक्तापूँजी १९ करोड ८२ लाख रुपैयाँ कायम गरिएको थियो । बैंकको जगेडाकोष २४ करोड ४५ लाखले नकारात्मक रहेको थियो ।
ओमले भने २९ प्रतिशत बोनस शेयर दिएर चुक्ता पूँजी ४९ करोड ४५ लाख ८६ हजार पुर्याएको थियो भने सिटीको ४६ करोड चुक्ता पूँजी रहेको थियो ।
यी चारवटै संस्थाहरुको शेयर आदान प्रदान अर्थात स्वाप रेसियो कति रह्यो भन्ने बारेमा केही जानकारी दिईएको छैन ।