नेको इन्स्योरेन्सको १५ प्रतिशत बोनश पारित, एक बराबर एक हकप्रद दिने

Mar 27, 2016 Mero Lagani

नेको इन्स्योरेन्स (NIL) ले एक बराबर एक अर्थात शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीको साधारणसभाले बोनश वितरणपश्चात हकप्रद शेयर जारी गर्ने निर्णय पारित गरेको हो । साथै साधारणसभाले कम्पनीले प्रस्ताव गरेको १५ प्रतिशत बोनश शेयर वितरणको प्रस्ताव समेत पारित गरेको छ ।

कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट १५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव गरेको थियो ।सभाले वोनस सेयर वितरणपछि कायम हुने पुँजीमा एक बराबर एकको अनुपातमा हकप्रद सेयर दिने प्रस्ताव पनि अनुमोदन गरेको छ ।

हाल कम्पनीको चुक्तापूँजी २८ करोड रुपैयाँ रहेको छ । बोनश वितरणपश्चात कम्पनीको पूँजी ३२ करोड रुपैयाँ पुग्नेछ त्यसपश्चात कम्पनीले ३२ करोड रुपैयाँ बराबरकै हकप्रद निष्काशन गरेपछि चुक्तापूँजी ६४ करोड रुपैयाँ पुग्नेछ ।

 

...................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

.................................................................................................................................................................

कहिले हुन्छ नेपाल उर्जामा आत्मनिर्भर ?

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।