नेपाल बैंकले बेच्यो नागरिक लगानी कोषको चार लाख कित्ता शेयर, नेपाल ईन्स्योरेन्सको चाँही सर्बसाधारणलाई बेच्ने

Mar 27, 2016 Merolagani

नेपाल बैंक(NBL)ले आफ्नो नाममा रहेकको नागरिक लगानी कोष(CIT)को ठूलो संख्याको शेयर अर्को सरकारी संस्थालाई बेचेको छ । नेपाल बैंक स्रोतले दिएको जानकारी अनुसार आफ्नो नाममा रहेको ३ लाख ९९ हजार कित्ता नागरिक लगानी कोषको शेयर नेपाल पुनर्बिमा कम्पनीलाई बेचेको हो ।

शेयर बिक्री सम्बन्धी सबै लिखत भए पनि औपचारिक स्वीकृतिका लागि राष्ट्र बैंक र अर्थ मन्त्रालयमा फाईल गएको बुझिएको छ । नागरिक लगानी कोषसम्बन्धी कानुनमा संस्थापकले शेयर बिक्री गर्दा सरकारको स्वीकृति लिनुपर्ने प्रावधान रहेकाले स्वीकृतिका लागि फाईल सम्बन्धित निकायमा गएको हो ।

नेपाल बैंकले प्रति कित्ता दुई हजार आठ सय रुपैयाँ मूल्यमा नागरिक लगानी कोषको शेयर बेचेको सुत्रको भनाई छ । यो शेयर बिक्रीबाट नेपाल बैंकले एक अर्ब ११ करोड भन्दा बढी रकम प्राप्त गर्नेछ । सो रकम जगेडा कोष घाटा पुरा गर्न सहयोगी भई बैंकको अबस्था सबल हुनेछ । नागरिक लगानी कोषले यस बर्ष बितरण गरेको ३० प्रतिशत बराबरको बोनस शेयर भने नेपाल बैंकसँगै हुने बुझिएको छ ।  सम्बन्धित सरकारी निकायले स्वीकृति दिएमा यही त्रैमासिक बित्तीय बिबरणमा नागरिक लगानी कोषको शेयर बेचेको रकम देखिने बताईएको छ ।

नेपाल बैंकले आफ्नो नाममा रहेको नेपाल ईन्स्योरेन्सको १३ लाख ४२ हजार कित्ता शेयरको धेरै भाग सर्वसाधारणलाई बेचेर केही थोरै हिस्सा मात्र राख्ने सोचाई बनाएको सुत्रको भनाई छ । नेपाल ईन्स्योरेन्सको शेयर राष्ट्रिय बाणिज्य बैंकले नेपाल ईन्भेष्टमेन्ट बैंकको संस्थापक शेयर बेचेको मोडलमा बेचिने तयारी भईरहेको छ । यसबाट पनि बैंकलाई एक अर्ब भन्दा बढी रकम आम्दानी हुने आँकलन गरिएको छ ।

अर्कोतर्फ नेपाल बैंकले घरजग्गा बेचेको मध्येको केही रकम यस आर्थिक बर्षको तेस्रो त्रैमासिक प्रतिबेदनमा समाबेश हुने भएको छ । बानेश्वरको जग्गा बेचेको रकम दोस्रो त्रैमासमा देखाई सकिएको भए पनि चितवन लगायतका स्थानमा जग्गा बेचेको ३० करोड भन्दा बढी रकम यस त्रैमासिक बित्रीय बिबरणमा उल्लेख हुने बुझिएको छ । अर्कोतर्फ नियमित ब्यापारबाट हुने कमाई त छदैछ ।

नेपाल बैंकले नेपाल ईन्स्योरेन्स, नागरिक लगानी कोष, तारा गाँउरिजेन्सी होटल र राष्ट्रिय वीमा कम्पनीको २६ लाख भन्दा बढी कित्ता शेयर बेच्न सरकारी संस्थाहरुसँग भित्रभित्रै छलफल चलाएको थियो ।

६ अर्ब ४६ करोड चुक्ता पूँजी रहेको नेपाल बैंकको जगेडा कोष १ अर्ब ५४ करोड घाटामा छ भने पूँजी कोष ९.११ छ ।

बैंकले यस आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा एक अर्ब ४ करोड खुद नाफा गरेर प्रति शेयर आम्दानी ३२ रुपैयाँ कायम गरेको छ । पहिले खराब कर्जाले थलिएर झण्डै बिघटनको डिलमा पुगेको नेपाल बैंकको अहिले निस्क्रिय कर्जा अनुपात ३.८५ मात्र छ ।

बैंकले जग्गा र शेयर बिक्रीबाट आएको रकमले जगेडा कोष धनात्मक बनाएरमा अरु नियमित रुपमा हुने आम्दानीबाट बोनस बाड्न सक्ने हैसियत बनाउने आशा गरिएको छ । बैंकले राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी ८ अर्ब बनाउन झण्डै २४ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव गरेको छ ।

राष्ट्र बैंकले सरकारी रकम ठूलो परिमाणमा निक्षेप लिने नेपाल बैंकको निक्षेप लागत न्युन हुँदा डुबेको कर्जा मात्रै उठाएमा पनि यसको खुद नाफालाई अरु बैंकले भेट्टाउन नसक्ने हुनसक्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।