लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनीको २१ प्रतिशत बोनस पारित
लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनीले गतआर्थिक बर्षको मुनाफाबाट २१.६१८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.१४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारणसभामा लगेको थियो । सोमबार सम्पन्न कम्पनीको १९ औ तथा २० औ साधारणसभाले लाभांश प्रस्तावसँगै आर्थिक वर्ष २०७१/७२ असार मसान्तसम्मको बासलात, नाफानोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाहको विवरण अनुसुचीसहित पारित गरेको छ ।
त्यस्तै सभाले संस्थापक शेयर धनीहरुको तर्फबाट चिन्तामणि भट्टराई, प्रेमबहादुर श्रेष्ठ, सुधीरप्रसाद शर्मा र गणेशराज रेग्मीलाई संचालकमा निर्विरोध निर्वा्चित गरेको छ । साथै सञ्चालक समितिको बैठकले चिन्तामणि भट्टराई अध्यक्षमा चयन गरेको जनाइएको छ ।
कम्पनीले गत आर्थिक बर्षमा ६ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । ३३ करोड ९१ लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको बोनश शेयर पश्चात चुक्ता पूँजी ४१ करोड रुपैयाँ पुग्नेछ ।
इन्नोभेटिभ डेभलपमेन्ट बैंकको २७ प्रतिशत बोनस पारित
इन्नोभेटिभ डेभलपमेन्ट बैंकको सोमबार भैरहवामा सम्पन्न छैटौं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७१/७२ को नाफाबाट शेयरधनीलाई २७ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि १.४२ प्रतिशत नगद लाभांश वितरण
गर्न स्बीकृत गरेको छ ।
साधारणसभाले संस्थाको वर्तमान शेयर पुँजी संरचनालाई परिवर्तन गरी संस्थापक शेयरधनीको ५१ प्रतिशत र साधारण शेयरधनीको ४९ प्रतिशत कायम गर्ने निर्णय पनि पारित गरेको छ ।
अहिले इन्नोभेटिभको पूँजी १५ करोड रुपैयाँ छ । वोनस सेयरपछि पुँजी १९ करोड पाँच लाख पुग्ने छ । रुपन्देहीको सिद्धार्थनगरमा केन्द्रीय कार्यालय रहेको यो विकास बैंकले रुपन्देही, नवलपरासी र चितवन गरी ३ जिल्लामा ७ कार्यालयबाट वित्तीय सेवा प्रदान गदै आएको छ ।
बैंकले गत आर्थिक बर्षमा ७ करोड ६ लाख संचालन मुनाफा गरेको थियो ।
मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।
.................................................................................................................................................................
कहिले हुन्छ नेपाल उर्जामा आत्मनिर्भर ?