एलआईसी नेपालको २५ प्रतिशत बोनस स्वीकृत,चुक्ता पूँजी एक अर्ब ७ करोड नाघ्ने

Apr 03, 2016 Mero Lagani

लाईफ ईन्स्योरेन्स कर्पोरेशन नेपाल (LICN) ले प्रस्ताव गरेको लाभांश बीमा समितिले स्वीकृत गरेको छ । कम्पनीले गत बर्षको खुद नाफाबाट लगानीकर्ताहरुलाई २५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको थियो । कम्पनीले प्रस्ताव गरेको बोनश वितरणपश्चात जीवन बीमा कम्पनीहरुको क्षेत्रमा चुक्ता पूँजीको हिसावले दोस्रो कम्पनी बन्ने भएको छ ।



बीमा समितिले वितरण गर्न स्वीकृत दिएको लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीलाई वितरण गरिनेछ । हाल कम्पनीको चुक्तापूँजी ८५ करोड ५५ लाख रुपैयाँ रहेको छ । बोनश वितरणपश्चात कम्पनीको चुक्ता पूँजीमा २२ करोड थपिएर एक अर्ब ७ करोड नाघ्ने छ ।

योसँगै एलआईसी नेपाल नेपालका अरु जीवन बीमा कम्पनीहरुको क्षेत्रमा चुक्ता पूँजीको हिसावले दोस्रो कम्पनी बन्ने भएको छ । यस अघि नेपालल लाईफ र नेशनल लाईफ क्रमश एक अर्ब ७३ करोड र एक अर्ब १ करोड चुक्ता पूँजीले पहिलो र दोस्रो कम्पनीमा दरिएका थिए । नेशनल लाईफलाई चुक्ता पूँजीमा अब एलआईसीले जित्ने भएको हो ।

कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात पुस मसान्तसम्ममा तीन करोड २६ लाख रुपैयाँ खुद नाफा गरेको छ। ८५ करोड ५५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा एक अर्ब ९७ करोड रुपैयाँ रहेको छ। कम्पनीको जीवन बीमा कोषमा २३ अर्ब ३२ करोड रुपैयाँ रहेको छ। कम्पनीले गत वर्ष भन्दा यो कोष साढे पाँच अर्ब रुपैयाँले बढाएको छ। कम्पनीको महाविपत्ती कोषमा तीन करोड ११ लाख रुपैयाँ राखेको छ ।

कम्पनीले यो अवधिमा दुई अर्ब ९० करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। गत वर्षको ६ महिनामा एलआइसीले दुई अर्ब ३५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो।

 

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

...............................................................................................................................................................

 १५ करोडको साधारण शेयर निष्कासन गर्ने सीईडीबी हाइड्रोको तयारीे,कसुवाखोला आयोजनाको अध्ययन सुरु

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।